Skip to main content

धनगढी न्यूज

लिबियामा डेनियल तुफानले ७००० जनाको मृत्यु

Advertisement

अफ्रिकी देश लिबियामा आएको डेनियल तुफान र बाढीले अहिलेसम्म सात हजार जनाको मृत्यु भइसकेको छ । तुफानपछि डेर्ना सहरको दुई वटा ड्याम नष्ट हुँदा लगभग १०हजार जनसङ्ख्या भएको सो सहर पूर्ण रूपमा नष्ट भएको छ । ड्यामको उँचाइ २२० फिट अग्लो रहेको बताइएको छ । 

लिबियामा आएको यस प्रकारको प्राकृतिक प्रकोपले बिस हजार भन्दा बढी मानिस बेपत्ता भएको अवस्था छ । अलजजीरा मिडियाका अनुसार त्यहाँको अवस्था एकदमै भयानक अवस्थामा छ । घरभित्र लासहरू सडेको तथा कतिपय लासहरू समुन्द्रमा बगिरहेको अवस्था छ । रेस्कूयमा संलग्न कैयौँ सैनिकहरू समेत बेपत्ता भइरहेको अवस्था छ । 

स्मरण रहोस्, डेलियल तुफान गएको हप्ता ग्रिस, तुर्की र बुल्गारियामा पनि आएको र लगभग १२ जनाको मृत्यु भएको थियो । सो तुफान लिबिया तर्फ बढ्ने पहिले नै आङ्कलन गरिएको थियो ।

 अहिले संयुक्त राष्ट्र सङ्घ, अमेरिका,युरोपियन सङ्घ, तुर्किए, इटली, कतार, युएई लगायतका देशले राहत सामग्री वितरण गरिरहेको अवस्था छ । तर पनि वास्तविक पीडितहरूसम्म अझ पनि पर्याप्त मात्रामा सामग्रीहरू पुग्न नसकेको प्रत्यक्षदर्सीहरुको भनाई छ । 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...