Skip to main content

धनगढी न्यूज

बा !  तिमी मेरो फेसबुक वालमा अटेनौ !!

Advertisement

*प्रेम गायक, बागलुङ

बा तिमी बा भएर पनि 

बा जस्तो रहेनौ!

 छोराछोरी र शाखा सन्तान ले

 सम्झिने ठाउँ दिएनौ!

 जन्मदिने मात्रै बा नभएर

 कर्म दिने पनि बाउ हुन्छन्!

 राम्रो गुणको तारिफ गर्दै 

छोराछोरीले तिनैलाई सम्झी रुन्छन्!

 तिमी त जन्मदिने र कर्म दिने भन्दा पनि

 देशकै बागडोर सम्हालेका बा थियौँ

 कुनै एक दुई जना व्यक्तिको नभएर

 तिन करोड नेपालीका पनि बा होऊ!

 तर तिमी बा भएर पनि

 कैले बा जस्तो भएनौ! 

सन्तान प्रति जिम्मेवार भएर

 बा को अनुभूति दिएनौ!

 ऐले सम्म जति पनि बा बनेर

 बा को स्थानमा आई बसेऊ!

 कहीँ न कहीँ कतै न कतै 

लोभ र लालचमा पसेऊ! 

 आँठो सीमा  मिचिँदा पनि 

केही बोल्दैनौ! 

छिमेकीले हेप्दा पनि 

मुख खोल्दैनौ! 

कैले दियौँ महाकाली

 कैले कालापानी!

 उनकै तालमा नाच्दै

 हिँड्छौ ठुलो मान्छे बनी!

 ज्यानको बाजी लगाएर

 एमसिसी भित्रायौँ!

आफ्नै सन्तान रुहाएर 

 मालिकलाई रिझायौँ ! 

 नागरिकता बाँड्न थालेऊ

 भट्ट मकै सरी ! 

यस्तो दुष्ट भय पछि 

बाउ भनौँ कसरी !

 अपराधीलाई माफी दियौँ

 पीडितलाई झन् पिडा !

 बाउ भनेर हुँदो रहेनछ

 लाग्न थाल्यो घृणा !

 तिम्रो सन्तान हु भन्न पनि

 लाज लाग्छ मलाई !

 आफ्नै बाउ खराब भए पछि

 दोष दिऊँ र म कसलाई।

भोलि बा को मुख हेर्ने दिन

 सम्झी रहु जिम्मेवार बा लाई ! 

सन्तानको लागी ज्यान दिन पनि

 पछि नहट्नेलाई ! 

 कति जिम्मेवार थिए 

साँच्चै मलाई जन्मदिने बा !

त्यस्ता बा खोजेर 

ऐले पाउँछु र म कहाँ !

 राष्ट्रका बा

 तिमी बा भएर पनि 

 बा जस्तो रहेनौ ! 

त्यसैले होला आज

 तिमी मेरो फेसबुक वालमा अटेनौ !!

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...