Skip to main content

धनगढी न्यूज

गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

Advertisement

काठमाडौँ । तीनकुने स्थित गैह्री गाउँमा शनिवार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो।

जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडा घारी क्षेत्रबाट पक्राउ गरेको थियो ।   घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनले फर्निचरमा पसेर चार जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिवार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो।

हत्यामा संलग्नता नदेखिएपछि  हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा भएका छन्  ।

सञ्जयले खुकुरी प्रहार गरी हत्या गरेका विशालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुँदा उल्टै आफूलाई कुटपिट गरेपछि क्रुद्ध बनेका भण्डारीले त्यसकै रिसइबी साँध्न चार जनाको ज्यान लिएका छन्।

उक्त घटनाको प्रतिशोधका कारण प्रतिवादी भण्डारीले बाटो आवतजावत गर्ने क्रममा सःमिलक्षेत्रमा निगरानी गरेका थिए। उनले विशाललाई उक्त घटना भएको सःमिलको टहरोमा पहिले पनि पटक पटक देखेपछि हत्याको योजना बनाएका थिए।

काठमाडौँको काँडाघारीस्थित दिदी भिनाजुको घरमा बस्दै आएका भण्डारी शुक्रवार दिउँसैदेखि खुकुरीसहितको झोला बोकेर निस्किएको अनुसन्धानले खुलाएको छ।

शुक्रवार बेलुका पनि उनी विशाललाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काई दिन्छु भन्दै काँडाघारीस्थित दिदी भिनाजुको कोठाबाट खुकुरी र झोलासहित निस्केका थिए।

टहरोभित्र प्रवेश गरेका सञ्जयले विशाललाई खुकुरीले टाउकोमा पटक पटक प्रहार गरेर हत्या गरेका परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए।

त्यसपछि विशालको हत्या गर्ने क्रममा हजुरआमा सुभद्रा भुजेलले कराएको जस्तो लागेपछि आफूलाई चिनेर घटना बाहिर आउने डरले त्यही खुकुरीले टाउकोमा हानेर उनको पनि हत्या गरेका थिए।

त्यही बेला पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको देखेपछि उनलाई टाउकोमै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ।

त्यसपछि पूर्णबहादुरकी श्रीमती अम्बिका भुजेल पनि त्यहीँ आएपछि उनको पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी सञ्जयले हत्या गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

गैह्री गाउँको दिव्य सस्मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...