Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा नयाँ सरकार बनाउने खेल सुरु, चार दिनमै मन्त्रीबाट ‘आउट’

Advertisement

धनगढीः केन्द्रमा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै सुदूरपश्चिम प्रदेश सरकार फेरिने खेल सुरु भएको छ।

जसको प्रभाव बजेटमा पर्ने देखिएको छ। आगामी वर्षका लागि बजेट प्रस्तुत गरिएको भए पनि पास हुन बाँकी छ। कांग्रेस–एमालेको नयाँ समीकरणसँगै सरकार फेरिने खेल सुरु भएको हो। असार १७ मा नयाँ गठबन्धन बन्दा कांग्रेसले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने सहमति भएको छ। यसका लागि दलहरूले दौडधुप थालिसकेका छन्।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार गत असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको भए पनि पास हुन सकेको छैन्। सरकार टिकाउन चार मन्त्रालय विभाजन गरेको साता दिन नबित्दै मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकार अल्पमतमा परेको छ।

एमालेबाट जेठ २८ गते सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालय तोकिएको थियो। सँगै मन्त्री भएका वीरबहादुर थापा र हीरा सार्कीलाई असार १६ मा मात्रै वन, वातावरण र सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्री बनेका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए। सोडारी सरकारमा माओवादीका ३, नागरिक उन्मुक्तिका २ र एकीकृत समाजवादीबाट एक मन्त्री कायम छन्। नयाँ गठबन्धनअनुसार सरकार बनाउन कांग्रेस नेता कमलबहादुर शाह र एमाले नेता राजेन्द्र रावलले छलफल थालिसकेका छन्। सरकार गठनका लागि २७ मत आवश्यक छ। कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्यले सहजै मत जुटाउने देखिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...