Skip to main content

धनगढी न्यूज

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी

Advertisement

काठमाडौं – सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीतालाई बिहीबार दोषी ठहर गरेको हो ।

गीतामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी शिक्षकको जागिर खाएको आरोप थियो । त्यही कसुरमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पूरा गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकी थिइन् ।

अख्तियारको छानबिनमा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । अख्तियारले उनीविरुद्ध २०७९ असोज ७ गते भ्रष्टाचार मुद्दा चलाए थियो । मुख्यमन्त्री पत्नी गीता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीकी नेतृ पनि थिइन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...