Skip to main content

धनगढी न्यूज

रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

Advertisement

काठमाडौं फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो ।

यसअघि उनले आजै मेडिकल समेत गरेका थिए । रियल म्याड्रिडले आजै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरु समक्ष प्रस्तुत गरेको छ ।

२५ बर्षिया एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।

पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ ।  रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो । 

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । 

त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...