Skip to main content

धनगढी न्यूज

धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट

Advertisement

धनगढी : कैलालीको धनगढीदेखि डोटीको दीपायलसम्म द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०७८ माघ २२ गते सम्झौता भयो। निर्माण कम्पनीले २०८० बैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्न सम्झौता भएको हो।

मटेली खोलामा पुल निर्माणका लागि तीन करोड २६ लाख १५ हजार, चौकीगडाका लागि चार करोड ७० लाख ३३ हजार र चेपाट्टे खोलामा पुल निर्माणका लागि २ करोड ९७ लाख १६ हजारमा सम्झौता भएको छ। सम्झौता अवधीभित्र काम पूरा नगरेको मित्र बिल्डर्सलाई पहिलो पटक २०८० कात्तिक १५ गतेसम्म पुल निर्माणको समय थप गरिएको थियो। तर, मटेली खोलाको पुलको प्रगति २०, चौकीगडा खोलाको पुलको प्रगति ३० र चेपाट्टे खोलाको पुल निर्माणको काम सुरुसमेत भएन। धनगढी–दीपायल–चैनपुर–उरै भञ्ज्याङ्ग सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले ४० लाखका दरले पुल निर्माणका लागि बजेट विनियोजन गरिएको बताए। उनले मटेली खोलमा काम गरेको निर्माण कम्पनीलाई चार लाख दिन बाँकी, चौकीगडामा रकमान्तर गरेर एक करोड भुक्तानी दिएको र चेपाट्टेमा काम सुरुसमेत नभएको बताए। उनले भने, मटेली पुलको एक फाउन्डेसन बनाएको छ। ४० लाख बजेट हो। चार लाख काम गरेको दिन बाँकी छ। चार महिनादेखि काम भएको छैन। चौकीगडाको सल्याप हालेको छ। भुक्तानी बाँकी छ। रकमान्तर गरेका हौ। एक करोड भुक्तानी दिएका छौ। चेपाट्टे खोलामा ४० लाखको काम भएको छ। रकम ननभएकाले काम गरेका छैनौ।’

काला खोला लामागडा पुल निर्माणका लागि टीडीआर कन्स्टक्सनसँग २०७८ माघ १७ गते ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले चार करोड ५ लाख २ हजार लागत रहेको पुल २०८० वैशाख १५ गतेभित्र निर्माण गरिसक्ने गरी सम्झौता भएको हो। तर, निर्माण कम्पनीले काम सुरुसमेत गरेको छैन। २०८० कात्तिक १५ गतेसम्मका लागि समय अवधि थपिएको थियो। मालिका–शनीदेव जेभीसम्ग नकुराडी खोला पुल निर्माणका लागि तीन करोड ८२ लाख ७४ हजारमा २०७८ माघ १६ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८० वैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने हो। रैखोलाले भने, ‘कालागाड कैलालीको अन्तिम पुल हो। कालागाडको काम भएको छैन। कालागाडको पुल निर्माणको सून्य प्रगति भएको छैन। एक ढुङ्गो पनि फालेको छैन।’ डोटीको नकोराली खोलामा पुलको २० लाखको काम भएको छ। फान्डेसनको काम सुरु भएको हो।

गल्वा–जगदम्बा–सुर्मा सरोवर जेभीसँग तीन करोड ९७ लाख १८ हजारको सल्कोट खोलामा पुल निर्माणका लागि २०७८ माघ १६ गते सम्झौता भयो। २०८० वैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, पुल निर्माणको ९५ प्रतिशत काम सकिएको छ। हाटखोली खोला र ग्वासी खोलामा पुल निर्माणका लागि गुल्लीभर–कुटुम्ब–भुवनेश्वरी जेभीसाग २०७८ जेठ २५ गते ठेक्का सम्झौता गरिएको थियो। हाटखोलीमा पुल निर्माणका लागि पाँच करोड १९ लाख ७८ हजार र ग्वासी खोलामा पुल निर्माणका लागि चार करोड ५० लाख ६१ हजारमा सम्झौता भएको हो। २०८० को मङ्सिर २४ गतेभित्र पुलको काम सक्नुपर्ने हो। तर, ९५ प्रतिशत काम अधुरै छ। ‘रेलिङको काम बाँकी छ। पैसा नभएकाले ठेक्का फाइनल भएको हो। एक करोड २१ लाख दिन बाँकी छ। पैसा नभएकाले समस्या भएको हो।’

हाटखोलीको पुल निर्माणको कामसमेत अधुरो रहेको छ। ४०÷४० लाखका दरले ८ पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ। बजेट अभावका कारण पुल निर्माणको काम नभएको हो। आर्थिक वर्ष २०८०÷८१ को २ करोड भुक्तानी दिन बाँकी रहेका बेला आठवटा पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६ करोड ४० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ। १३ औँ संशोधनले समय थपसमेत गरेको छ। आउदो मङ्सिर र पुस महिनासम्म सरकारले म्याद थप गरिएको हो।

 

दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...