Skip to main content

धनगढी न्यूज

Day: July 17, 2024

श्रीमती र छोरी मिलेर हत्या

श्रीमती र छोरी मिलेर हत्या

सर्लाही, साउन ३ गते। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्। स्थानीय ५९ वर्षीय जङ्गलबहादुर बलको आफ्नै परिवारका सदस्यबाट हत्या भएको हो। प्रहरीले जङ्गलबहादुरको हत्यामा संलग्न श्रीमती ६६ वर्षीया रिता बल र विवाहित छोरी सिरहा जिरोमाइल घर भएकी २५ वर्षीया शीतल लामालाई नियन्त्रणमा लिएको छ। श्रीमती रिता र छोरी शीतल मिलेर घरायसी विवादमा जङ्गलबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरी शरीरमा तातो पानी खन्याइदिएका थिए। कुटपिट र शरीरमा तातो पानी खन्याउँदा जङ्गलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बुधबार दिउँसोतिरकै भए पनि प्रहरीमा बेलुकातिर मात्रै जानकारी प्राप्त भएको थियो। गाउँलेबाट घटनाबारे जानकारी पाउनासाथ…
Read More
डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

डोटीः डोटीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको केआई सिहँ गाउँपालिका–३ बासुदेबिमा ट्याक्टर दुर्घटना भएको हो। दशरथ कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर चालक दशरथ र पछाडी सवार रहेका रेखबहादुर पुन घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि दिपायल ल्याइएको छ। ट्याक्टर सडकबाट  करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छैन्।
Read More
बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीः बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्। उनीहरुको शर्मीला स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरु भान्सा कोठामा खाना बनाइरहेका बेला पहिरो आउँदा घाइते भएका हुन।
Read More
विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु

विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।  विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३…
Read More
११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

गत आर्थिक वर्षको ११ महिनामा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको ११ महिनामा ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो । साउनदेखि जेठसम्म ३७ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको विभागले जनाएको छ । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको थियो । यस्तै चीनबाट २१ लाख ८० हजार रुपैयाँबराबरको चुरा र टीका आयात भएको हो । विभागका अनुसार १७ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको…
Read More
धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट

धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट

धनगढी : कैलालीको धनगढीदेखि डोटीको दीपायलसम्म द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०७८ माघ २२ गते सम्झौता भयो। निर्माण कम्पनीले २०८० बैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्न सम्झौता भएको हो। मटेली खोलामा पुल निर्माणका लागि तीन करोड २६ लाख १५ हजार, चौकीगडाका लागि चार करोड ७० लाख ३३ हजार र चेपाट्टे खोलामा पुल निर्माणका लागि २ करोड ९७ लाख १६ हजारमा सम्झौता भएको छ। सम्झौता अवधीभित्र काम पूरा नगरेको मित्र बिल्डर्सलाई पहिलो पटक २०८० कात्तिक १५ गतेसम्म पुल निर्माणको समय थप गरिएको थियो। तर, मटेली खोलाको पुलको प्रगति २०, चौकीगडा खोलाको पुलको प्रगति ३० र चेपाट्टे खोलाको पुल निर्माणको…
Read More
सुनको मूल्य तोलाको रु १,४७,८०० को सबैभन्दा उच्च स्तरमा पुगेको छ।

सुनको मूल्य तोलाको रु १,४७,८०० को सबैभन्दा उच्च स्तरमा पुगेको छ।

काठमाडौँ: सुनको मूल्यले सबैभन्दा उच्च स्तरमा पुगेर तोलाको रु ९०० ले वृद्धि भएको छ। मंगलबार, शुद्ध सुनको मूल्य तोलाको रु १,४७,८०० को कीर्तिमानमा पुगेको छ, जसलाई नेपाल सुनचाँदी व्यवसायी महासंघले रिपोर्ट गरेको छ। सोमबार, शुद्ध सुनको मूल्य तोलाको रु २०० ले वृद्धि भई रु १,४६,९०० प्रति तोला पुगेको थियो। यस्तै, मंगलबार, स्ट्यान्डर्ड सुनको मूल्य तोलाको रु १,४७,१०० रहेको छ। त्यसैगरी, चाँदीको मूल्य तोलाको रु १० ले घटेर मंगलबार रु १,८७५ मा स्थिर भएको छ। अघिल्लो दिन, चाँदीको मूल्य तोलाको रु १,८८५ थियो, जुन तोलाको रु १० ले वृद्धि भएको थियो। अन्तर्राष्ट्रिय बजारमा, सुनको मूल्य औंसको $२४२८.९४ मा पुगेको छ, जुन…
Read More
नेपालमा फस्टाउँदै स्केटिङ

नेपालमा फस्टाउँदै स्केटिङ

खेलको संरक्षण र प्रवर्धनमा काम गरेको पाइन्छ । सन् २०१५ मा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ पनि गठन भयो । त्यसपछि नेपालले पनि स्केट बोर्डका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अनुसार हाल नेपालभरि करिब एक हजार स्केट खेलाडी सव्रिmय रहेका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले नेपालमा पहिलो स्केट बोर्ड, दोस्रोमा रोलर स्केट र तेस्रोमा आइस स्केट भनेर छुट्याइएको जानकारी दिनुहुँदै विगतमा ‘फेसन’ का रूपमा लिने स्केटिङ अहिले खेलका रूपमा विकास भइसकेको बताउनुभयो । अध्यक्ष खनालका अनुसार विभिन्न विद्यालय र क्याम्पसमा यस खेलसम्बन्धी सचेतनामूलक कार्यव्रmम हुँदै आएका छ । जसले गर्दा स्कुल…
Read More