Skip to main content

धनगढी न्यूज

नेपालमा फस्टाउँदै स्केटिङ

Advertisement

खेलको संरक्षण र प्रवर्धनमा काम गरेको पाइन्छ । सन् २०१५ मा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ पनि गठन भयो । त्यसपछि नेपालले पनि स्केट बोर्डका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अनुसार हाल नेपालभरि करिब एक हजार स्केट खेलाडी सव्रिmय रहेका छन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले नेपालमा पहिलो स्केट बोर्ड, दोस्रोमा रोलर स्केट र तेस्रोमा आइस स्केट भनेर छुट्याइएको जानकारी दिनुहुँदै विगतमा ‘फेसन’ का रूपमा लिने स्केटिङ अहिले खेलका रूपमा विकास भइसकेको बताउनुभयो । अध्यक्ष खनालका अनुसार विभिन्न विद्यालय र क्याम्पसमा यस खेलसम्बन्धी सचेतनामूलक कार्यव्रmम हुँदै आएका छ । जसले गर्दा स्कुल र कलेज पढ्ने अधिकांश विद्यार्थी तथा युवाको रुचिको खेल स्केट बन्दै गएको छ ।

यस खेलको खेल स्थल (स्केट पार्क) को आवश्यकता महसुस गरी नेपालमा आधिकारिक रूपमा स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको स्थापना भएपश्चात् सन् २०१७ मा यस खेलको विकासमा योगदान गर्दै आइरहेको अमेरिकी संस्था ‘मेक लाइफ स्केट लाइफ’ को सहयोगमा काठमाडौँको ठमेलमा स्केट पार्क बन्यो । सोही संस्थाले एक वर्षपछि पोखरा रङ्गशालाभित्र करिब एक करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको स्केट पार्क निर्माण गरिदियो । सो स्केट पार्कमा दुई राष्ट्रिय च्याम्पियनसिपसमेत सम्पन्न भइसकेका छन् । बुटवलको तिलोत्तमामा पनि अन्तर्राष्ट्रियस्तरको स्केट पार्क निर्माण भइसकेको छ । काठमाडौँ महानगरपालिकाले पनि हालै मात्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको स्केट पार्कको आवश्यकता महसुस गरी करिब सात करोड ५० लाख रुपियाँ लागतको स्केट पार्क निर्माण गर्न सूचना प्रकाशित गरिसकेको छ ।

नेपालको अन्तर्राष्ट्रियस्तरमा सहभागिता

सन् २०१६ मा नेपालले अन्तर्राष्ट्रिय स्केटिङ महासङ्घको सदस्यता प्राप्त गरेपछि नेपालले लगातार अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागिता जनाएको छ । यसबाहेक नेपालले विभिन्न अन्तर्राष्ट्रिय कङ्ग्रेसमा पनि भाग लिएको छ ।  अध्यक्ष खनालका अनुसार पछिल्लो समयमा नेपाली स्केट खेलाडी भारतका विभिन्न स्थानमा हुने स्केट प्रतियोगितामा विजयी हुन थालेका छन् । ‘साउथ एसियन स्केट च्यापियनसिपमा नेपालले भारतलाई हराएर च्याम्यिन बन्यो । त्यसैले नेपालमा राम्रा स्केट खेलाडी छन्, अध्यक्ष खनाल भन्नुहुन्छ । स्केट खेल प्रतियोगिताका लागि नेपाली खेलाडी जापान, दुबई, थाइल्यान्ड, भारत र इन्डोनेसियालगायतका देशमा पुगिसकेका छन् ।

सन् २०१६ मा नेपाललाई स्केट बोर्डमा पहिलो पटक राष्ट्रिय खेलाडी मिलन शाह ठकुरीले थाइल्यान्डको राजधानी बैङ्ककमा आयोजित एसियन प्लेट च्याम्पियनसिपको फ्रि स्टाइल स्केट बोर्ड विधामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो । सन् २०१७ मा नेपालले चीनमा आयोजना भएको एसियन स्केट बोर्डिङ च्याम्पियनसिपमा उज्ज्वल डङ्गोलको प्रशिक्षकत्वमा मिलन शाह र रोनित देउलाले सहभागिता जनाउनुभयो । सन् २०१८ को एसियन गेम्समा नेपालले फ्रि स्टाइल स्केट बोर्ड विधामा सहभागिता जनाउने अवसर पायो । सो प्रतियोगितामा नेपालका नेरिश थापाले १० औँैँ स्थान हासिल गर्नुभएको थियो ।

गोर्खा पत्र बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...