31
Jul
धनगढीः धनगढी उप–महानगरपालिका–२ सन्तोषी टोलमा अवस्थित एसपीए कलेजलाई राष्ट्रिय स्तरको ’उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८१’ प्रदान गरिएको छ। २०५६ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने ’उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित गरिएको हो। चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मान पत्र ग्रहण गरेका छन्। सम्मान पत्रमा भनिएको छ, ’प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान् शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आइरहेको छ। भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट…






