Skip to main content

धनगढी न्यूज

बल्खु पुलमुनि पुरुषको शव भेटियो: जलमग्न काठमाडौँ

Advertisement

काठमाडौँ, साउन १६ गते । काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।

बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ ।

बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् ।

बाढीमा फसेका १५ जनाको उद्धार
अविरल वर्षाका कारण काठमाडौँको कीर्तिपुर नगरपालिका– १० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

अबिरल वर्षाका कारण बाढीमा फसेको खबर पाएपछि बुधबार बिहान ५ बजे सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

सशस्त्र प्रशरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले  उनीहरूलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी  सुरक्षित स्थलमा ल्याइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...