Skip to main content

धनगढी न्यूज

“बंगलादेश छोडेर ८०० नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाहरूले अनलाइन आवेदन गर्न सक्ने”

Advertisement

काठमाडौं । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ ।

‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु गरेको छ । समस्यामा परेका नेपाली विद्यार्थी तथा अभिभावक एवंम् आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले स्थापना गरेको लिङ्कमा गएर अनलाइन निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ

निवेदन बंगलादेशबाट मात्रै होइन आफन्ताहरुले नेपालबाट दिन सक्ने परराष्ट्रले जनाएको छ । https://legal.nepalconsular.gov.np/passport गएर आवश्यक विवरण भरी फर्म सबमिट गरेर जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ । साथै, देहायबमोजिमका व्यक्तिहरूलाई प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकाठमाडौंमा महेश्वरमणि त्रिपाठीलाक्ई फोन नं. +९७७९८५११६६९८७ र  इमेलः mahesh.mofa@gmail.com मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाली राजदूतावासढाकामा द्वितीय सचिव  योजना बम्जनलाई फोन नं. +८८०१८८०६९१०१३ र इमेल eondhaka@mofa.gov.np र eondhaka@dhaka.net तथा  रिया क्षेत्रीलाई फोन नं. +८८०१७४५४०७९५८ र ईमेलः  info@mofa.gov.np सम्पर्कगरी आवश्यक जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ ।

साथै , बङ्गलादेशबाट हालसालै नेपाल फर्किएका वा अब फर्कने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा जानकारी गराइदिन पनि मन्त्रालयले जनाएको छ

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...