Skip to main content

धनगढी न्यूज

सुदूरपशिचम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसले कमलवहादुर शाहलाई बनाउने

Advertisement

नेपाली कांग्रेसले सुदूरपशिचम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। अहिले भएको केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नेपाली कांग्रेसले शाहलाई नै फेरि प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरिरहेको जनाएको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए।

यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति,  एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्। सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनेका सोडारी चौथो मुख्यमन्त्री हुन्।

गोदावरी न्युज बाट साभार

केन्द्रमा फेरि नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको नयाँ समिकरण बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन्।

प्रदेश सरकारबाट एमालेले सर्मथन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन्। अल्पमतमा परेपछि मुख्यमन्त्री सोडारीले भने अहिले सम्म राजीनामा दिएका छैनन ।  तर नेपाली कांग्रेस र एमालेले निरन्तर मुख्यमन्त्रीको राजीनामा मागेका छन ।

प्रदेश प्रमुख नाजिर मियाँले जेठ ८ गते प्रदेश सभाको बैठक आह्वान गरेका छन ।

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम सुदूरपश्‍चिम प्रदेश सभाका सम्पूर्ण सदस्यहरूको एक चौथाई भन्दा बढी प्रदेश सभा सदस्यहरूले प्रदेश सभा बैठक आह्वान गर्न वाञ्‍छनीय रहेको भन्दै लिखित रुपमा अनुरोध गरेका हुन्।
अबको सदनको बैठक पछि मुख्यमन्त्रीको नियुक्ती प्रकृया शुरु हुने छ ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ।

सरकार बनाउन नेपाली कांग्रेस र एमालेको बहुमत सहजै पुग्छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...