Skip to main content

धनगढी न्यूज

विदेशी नागरिकद्वारा सरकारी निकायलाई बाइपास गर्दै ‘क्रिश्चियानिटी’ प्रवर्द्धन

Advertisement

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित हुलाकी सडक छेउमा जग्गा लिजमा लिएर बनेको ६ हजार ८६१ वर्ग फिट भवनमा झुक्याएर चर्च सञ्चालन गरिएको छ।

लेट मेइन धनगढी प्रालि नामक संस्था खोलेर व्यवसाय सञ्चालन गर्ने भन्दै नक्सा पास तथा व्यवसाय दर्ता गरी स्थानीय सरकारलाई समेत झुक्याएर चर्च सञ्चालन गरिएको छ। स्थानीयसँग कहिले अस्पताल चलाउने, कहिले कम्पनी चलाउने बताउँदै लेट मेइनले वडा कार्यालयबाट भने तालिम चलाउने भन्दै व्यवसाय दर्ता प्रमाण हात पारेको छ।

धनगढीका स्थानीय प्रभाकर भण्डारीको स्वामित्वमा रहेको साढे चार कट्ठा जग्गा वार्षिक ३ लाख भाडा दिने गरी लिजमा लिएर निर्माण गरिएको भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको हो। कोरियन मिसनरीको सहयोगमा सञ्चालित चर्चमा धर्मान्तरण गर्न दुई जना कोरियन नागरिकको समेत संलग्न रहेको स्थानीय खगेन्द्रनाथ योगीले बताए।

उनले स्थानीयले भवन बनाउने बेला जिज्ञासा राख्दा कहिले अस्पताल तथा कहिले कम्पनी चलाउने भनिए पनि अहिले आएर चर्च चलाइएको बताए। ‘हामीले सोध्दा अस्पताल चलाउने, कम्पनी चलाउने भनियो। तर अहिले हेर्दा त कोरियन समेत बोलाएर धर्मान्तरण गराउन लागेको थाहा भयो।’ उनले भने, ‘विदेशीलाई लुकाएर गाउँ–गाउँमा लग्ने र सोझा मान्छेहरूलाई इसाईमा लाग्न बाध्य पार्ने गरेको थाहा भएपछि हामीले विरोध गरेका हौँ। यो ठाउँमा चर्च कुनै पनि हालतमा चल्न दिनुहुन्न भन्ने हाम्रो माग छ।’

पास्टर राई नै लेट मेइनको आधिकारिक व्यक्ति

स्थानीयको विरोधपछि अस्पताल खोल्ने भन्दै भवन निर्माण गरी चर्च चलाउने लेट मेइन धनगढी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सोमवार २४ घण्टाभित्र लिखित जवाफ दिन पत्र काटेको छ। अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरेर धर्म परिवर्तन गर्न कोरियन नागरिक संलग्न भएको विषयमा लिखित जवाफ तथा प्रमाणहरू पेश गर्न उपमहानगरले पत्र काटेको हो।

यस्तै, स्थानीयले गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोली चर्चमै पुगेर प्रशान्त राई भनिएका पास्टर पेम दोर्जी राईसँग कागजात मागेको छ। राईले आफूसँग कुनै कागजात नरहेको बताएका थिए। उनले नेपाल लाइफ वर्ड मिसनले लेट मेइन धनगढी प्रालिसँग मासिक १५ हजार भाडा तिर्ने सर्तमा भवनको पहिलो तला प्रयोग गरेको बताएका थिए। तर भवनको भुइँ तलामा समेत चर्चका गतिविधि सञ्चालन गरिएका छन्।

पास्टर राईले लेट मेइन धनगढी प्रालिको अफिस काठमाडौंमा रहेको बताए पनि प्रभाकर भण्डारीसँग जग्गा लिजमा लिन गरिएको सम्झौतामा दोस्रो पक्ष अर्थात् लेट मेइन धनगढी प्रालिको तर्फबाट आफैले हस्ताक्षर गरेका छन्। भवनको माथिल्लो तल्ला भाडामा लिएको बताउने राईले स्थानीयलाई मात्रै नभएर वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई समेत झुक्याएका छन्।

राईलाई सबै कुरा थाहा हुँदाहुँदै पनि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको टोलीलाई समेत चर्चको विषयमा केही नबताएर फर्काएका छन्। जग्गा धनीसँग सम्झौता गर्ने राईले सजिलै लेट मेइन धनगढीबो बारेमा आफूलाई केही कुरा पनि थाहा नभएको बयान दिएका छन्।

स्थानीयले चर्च सिल गर्नुपर्ने माग गरे पनि जिल्ला प्रशासन कार्यालयमा आधिकारिक कागज पत्र पेश नगर्दासम्म भवनमा कुनै पनि गतिविधी नगर्नु भन्ने मौखिक निर्देशन दिएर प्रशासनको टोली फर्केको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज भट्टले संस्था दर्ताका कागजपत्र नबुझाउँदासम्म कुनै गतिविधि नगर्न भन्दै प्रशासनको टोली फर्किएको बताए।

के भन्छन् वडाअध्यक्ष राना?

लेट मेइन धनगढी प्रालिका सञ्चालकहरूले फेसियल, छाला जाँच र तालिम दिने प्रयोजन देखाएर भवन बनाएको वडाअध्यक्ष मोति रानाले बताए। स्थानीयले चर्च बन्न लागेको गुनासो गरेपछि संस्था सञ्चालकहरूसँग बुझ्दा व्यवसाय चलाउन भवन बनाउन लागेको जवाफ मिलेको वडाअध्यक्ष रानाको दाबी छ। वडामा नेपाल लाइफ वर्ड मिसनले दर्ता गराएको व्यवसाय दर्ता प्रमाण पत्रमा भने सेमिनार र तालिम चलाउने उद्देश्य उल्लेख गरिएको छ।

मुखले एउटा, कागजमा अर्कै र व्यवहारमा फरक काम गरेको देखिएको वडाअध्यक्ष रानाले बताए। उनले एक तला भाडामा लिएको भन्दै सिङ्गै भवनमा चर्च चलाउने काम भएको समेत बताए। भवन जुन उद्देश्यका लागि बनाइएको हो त्यहीँ उद्देश्यका लागि प्रयोग हुनुपर्ने तर चर्च सञ्चालन गर्न नपाइने भन्दै स्थानीयले विरोध गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...