22
Jul
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित हुलाकी सडक छेउमा जग्गा लिजमा लिएर बनेको ६ हजार ८६१ वर्ग फिट भवनमा झुक्याएर चर्च सञ्चालन गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था खोलेर व्यवसाय सञ्चालन गर्ने भन्दै नक्सा पास तथा व्यवसाय दर्ता गरी स्थानीय सरकारलाई समेत झुक्याएर चर्च सञ्चालन गरिएको छ। स्थानीयसँग कहिले अस्पताल चलाउने, कहिले कम्पनी चलाउने बताउँदै लेट मेइनले वडा कार्यालयबाट भने तालिम चलाउने भन्दै व्यवसाय दर्ता प्रमाण हात पारेको छ। धनगढीका स्थानीय प्रभाकर भण्डारीको स्वामित्वमा रहेको साढे चार कट्ठा जग्गा वार्षिक ३ लाख भाडा दिने गरी लिजमा लिएर निर्माण गरिएको भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको हो। कोरियन मिसनरीको सहयोगमा…






