Skip to main content

धनगढी न्यूज

त्रिविमा पनि मौका परीक्षा

Advertisement

काठमाडौँ, साउन ७ गते । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।  कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै त्रिविले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्वयनमा आएपछि विद्यार्थीले राहत महसुस गर्ने विश्वविद्यालयको अनुमान छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालका अनुसार प्राज्ञिक परिषद्ले यस विषयमा निर्णय गरिसकेको छ । सम्बन्धित निकायमा पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिइने उहाँले जानकारी दिनुभयो । मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने छ । बरालका अनुसार अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक भएको दुई साताभित्रमा मौका परीक्षा सञ्चालन गरिने छ ।

उक्त परीक्षाको नतिजा भने स्नातकोत्तर तहको नयाँ भर्नामा सहभागी हुन पाउने गरी सार्वजनिक हुने छ । अहिले चारबर्से स्नातकको अन्तिम वर्षको परीक्षामा कुनै एक विषयमा मात्रै अनुत्तीर्ण भए पनि अर्को परीक्षा वर्ष दिनपछि मात्रै दिन पाउने व्यवस्थाका कारण विद्यार्थी माथिल्लो तहमा अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ । साथै कुनै एक वर्षको परीक्षाको नतिजाको पर्खाइमा बस्नुपर्दा त्यस्ता विद्यार्थीले रोजगारीका लागि वा वैदेशिक अध्ययनका लागि आवेदन दिनसमेत नपाउने अवस्था छ ।

उपकुलपति बरालले भन्नुभयो, “यो व्यवस्था कार्यान्वयनमा आएपछि वार्षिक २० हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने अनुमान छ ।” यस व्यवस्थाले विश्वविद्यालयप्रति विद्यार्थीमा थप भरोसा जगाउन सकिने विश्वविद्यालयको अपेक्षा छ ।

अहिले सेमेस्टर प्रणालीमा पढाइ हुने स्नातक र स्नातकोत्तर तहमा भने मौका परीक्षा सञ्चालन हुँदै आएको छ तर धेरै विद्यार्थी अध्ययन गर्ने स्नातक तहको वार्षिक प्रणालीमा भने यो व्यवस्था थिएन ।

त्रिविमा स्नातक तहका अन्य वर्षमा पनि एक वा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले माथिल्ला वर्षको पढाइ वा परीक्षा सकिँदासमेत नतिजा नआउने समस्या छ । अहिले पनि स्नातकमा तेस्रो वर्षको परीक्षाको तयारीमा जुटेका परीक्षार्थीले पहिलो वर्षमा अनुत्तीर्ण भएको विषयको परीक्षा दिन पाएका छैनन् । अन्य वर्षको अवस्था पनि उस्तै छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...