Skip to main content

धनगढी न्यूज

अत्यधिक भोजन सेवन गर्दा एकजनाको निधन!

Advertisement

बेइजिङ । चीनमा एक जना २४ वर्षीय स्ट्रिमरको निधन भएको छ । मृतक मुकबाङ स्ट्रिमर थिइन् ।

यसमा दर्शकको मनोरञ्जनका लागि एकै ठाउँमा बसेर ठुलो परिमाणमा खानेकुरा खाइन्छ । चाहिनेभन्दा धेरै खाना खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिमा अंकुश लगाउन चीनले सन् २०२० मै मुकबाङ स्ट्रिमिङमा रोक लगाएको थियो । यो नियमको उल्लंघन गर्नेहरूलाई १० हजार युआनसम्म जरिवाना लगाइने व्यवस्था छ । तर अझै पनि चीनमा मुकबाङ स्ट्रिमिङ रोकिएकोे छैन । भ्युज बटुल्नकै लागि पत्याउनै नसक्ने परिमाणमा खानेकुरा खाएर भिडियो बनाउनेहरू त्यहाँ हजारौँ छन् ।

यही महिना पान सियाओतिङ नाम गरेकी मुकबाङ स्ट्रिमरको मृत्यु भएको छ । पानको आन्द्रा नपचेका खानेकुराले भरिएको र अत्यधिक खाना खाँदा आन्द्रामा गम्भीर क्षति पुगेको पोष्टमर्टमको रिपोर्टले देखाएको थियो । पान पहिला वेटरको रूपमा काम गर्थिन् । तर मुकबाङको भिडियो स्ट्रिम गरेर मानिसहरूले टन्नै पैसा कमाएको देखेपछि उनी पनि यो पेसाप्रति आकर्षित भइन् । यो क्षेत्रमा चर्को प्रतिस्पर्धा भइकोले सुरुमा पानलाई फलोअर बनाउनै गाह्रो भयो । उनले खाने खानेकुराको मात्रा बढाउन थालेपछि फलोअर पनि बढ्न थाले । सुरुमा यसलाई पानले साइड जबको रूपमा मात्रै हेरेकी थिइन् ।

तर भ्युअर बढ्दै गएपछि यसमै करियर बनाउनतिर लागिन् र खाइरहेको जागिर छोडेर घर भाडामा लिएर मुकबाङ स्ट्रिमका लागि स्टुडियो बनाइन् । भ्युअर बढ्न थालेपछि उनले मुकबाङमा खानाको परिमाण पनि बढाउँदै लगिन् । तर यस क्रममा उनको शरीर र स्वास्थ्य बिग्रिन थाल्यो । पानको मातापिता मात्रै होइन भ्युअरले समेत उनको मुकबाङप्रति चिन्ता गर्न थालेका थिए । पान पातली त कहिले थिइनन् । तर मुकबाङ स्ट्रिमिङ गर्न थालेपछि उनको तौल बढेर ३०० केजीसम्मै पुग्यो । एक पटक त धेरै खाएपछि आन्द्राबाट रगत आएर उनी कयौँ दिनसम्म अस्पतालमा भर्ना भइन् । आफ्नो गल्तीबाट पाठ सिक्नुको सट्टा अस्पतालबाट डिस्चार्ज भएपछि पानले सबैभन्दा पहिला मुकबाङ स्ट्रिमिङ थियो ।

भ्युअरलाई टिकाइराख्न सजिलो थिएन । पछिल्लो समय त पानले झन् लगातार १० घन्टासम्म खाने वा हरेक सेसनमा १० केजी खानेकुरा खाने जस्ता अकल्पनीय काम गर्न थालिन् । तर दुःखको कुरा उनको शरीरले यो सब झेल्न सकेन ।

जुलाई १४ मा लाइभ स्ट्रिममै भएको बेलामा पानको मृत्यु भयो । अहिलेसम्म पानको मृत्युको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । तर चिनियाँ वेबसाइट सोहुका अनुसार पोष्टमर्टमको रिपोर्टमा पानको आन्द्रा क्षतविक्षत भएको र आन्द्राभरि नपचेका खानेकुरा रहेको देखाएको भनेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...