Skip to main content

धनगढी न्यूज

१७ वर्षीय किशोरको मृत्यु प्रकरणमा धनगढीमा अश्रुग्यास प्रयोग

Advertisement

धनगढीः कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको छ

मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन्। अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन्। ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको हो। मृतकका आफन्तहरूका अनुसार अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आरोप छ।

अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिरहेका उनीहरूले मृतकको शव उठाउन मानेका छैनन्। उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ। नसिभ साउन ७ गते उपचारका लागि नोभा अस्पताल आएका थिए। अस्पतालले उनलाई जण्डिस भएको जानकारी गराउँदै भर्ना गरेको थियो। त्यसक्रममा शुक्रबार उनको मृत्यु भएको हो।

मृतकका मामा रामकृष्ण चौधरीका अनुसार अस्पतालले सुरुमा अर्को अस्पतालमा लैजान्छौं भन्दा लान नदिएको र अन्तिम समयमा मुटुको डाक्टर नभएको बताएर नेपालगन्ज लैजान भनेको थियो। तर पैसा नतिर्दासम्म बिरामीलाई निकाल्न नदिएको र समयमै राम्रो अस्पतालमा पुगाउन पाएको भए भान्जाको मृत्यु नहुने चौधरीको भनाइ छ। शनिबार बिहान छलफल चलिरहेका बेला एक्कासि अस्पतालमा ढुंगामुढा भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। अहिले वार्ताको प्रयास भइरहेको उनले बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...