Skip to main content

धनगढी न्यूज

Day: July 27, 2024

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन सुझाव

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन सुझाव

काठमाडौँ, साउन १२ गते । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुन सक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।”…
Read More
विश्वकप र वातावरणको सम्मानमा एस.पी.ए कलेजद्वारा ३,४७० बिरुवा वृक्षारोपण

विश्वकप र वातावरणको सम्मानमा एस.पी.ए कलेजद्वारा ३,४७० बिरुवा वृक्षारोपण

धनगढी । धनगढी स्थित एसपीए कलेजले हालै सम्पन्न टी-२० पुरुष विश्वकप २०२४ मा नेपाली क्रिकेटरहरू ले गरेको प्रदर्शनमा तीन हजार चार सय सत्तरी बिरुवा रोपेको छ । शुक्रवार कलेजले हरेक रनमा १० र विपक्षी टिम विरुद्ध लिएको हरेक विकेटमा २० बिरुवा रोप्ने पूर्व घोषणा अनुरूप ३,४७० बिरुवा रोपेको हो । कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रिन क्लिन धनगढी सँगको सहकार्यमा धनगढी उप–महानगरपालिको हरित धनगढी कार्यक्रममा सहयोग पुर्‍याउने उद्देश्यका साथ श्री शारदा मा.वि. बैयाबेहेडीले धनगढी वडा नं. २ स्थित नल्का घाटमा उपलब्ध गराएको जग्गामा वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा सहभागी नेपाली राष्ट्रिय टोली २०१६ यु-१९ का पूर्व कप्तान राजु रिजालले क्रिकेट…
Read More
धौलीगंगाका ढोका खुला भएपछि महाकाली तटिय क्षेत्रमा सतर्कता आग्रह

धौलीगंगाका ढोका खुला भएपछि महाकाली तटिय क्षेत्रमा सतर्कता आग्रह

भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । ढोकाको सिल्ट सफाईको लागि शनिबार विहान ८ः१५ मा बाधको ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबार सम्म महाकाली नदीको जलस्तर बढ्ने सम्भावना भएकाले पुर्व सतर्कता अपनाउन आग्रह गरेको छ । बाधको ढोका खोलेपछि जारी गरिएको सूचनामा भारतीय पक्षबाट ढोका खोलेको विषयमा मौखिक जानकारी आएको उल्लेख गरिएको छ ।
Read More
१७ वर्षीय किशोरको मृत्यु प्रकरणमा धनगढीमा अश्रुग्यास प्रयोग

१७ वर्षीय किशोरको मृत्यु प्रकरणमा धनगढीमा अश्रुग्यास प्रयोग

धनगढीः कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको छ मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन्। अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन्। ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको हो। मृतकका आफन्तहरूका अनुसार अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आरोप छ। अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिरहेका उनीहरूले मृतकको शव उठाउन मानेका छैनन्। उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ। नसिभ साउन ७ गते उपचारका लागि नोभा अस्पताल आएका…
Read More
शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला भेटियो

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला भेटियो

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ । विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ…
Read More

धनगढीको सामुदायिक वन क्षेत्रमा महिलाको लाश भेटियो

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्ने शिवकुमार चौधरीको श्रीमती ३१ वर्षीया रितु चौधरी शुक्रवार मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रितुको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
Read More
बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा हुने जानकारी

बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा हुने जानकारी

१२ साउन,काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका…
Read More
सौर्यको आश्वासनपछि शव बुझ्दै परिवार

सौर्यको आश्वासनपछि शव बुझ्दै परिवार

काठमाडौँ — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । बिमा र क्षतिपूर्ति रकम पहिले निर्धारण गर्नुपर्ने अडान राख्दै आएका परिवारजनले सौर्य एयरलाइन्सबाट सक्दो सहयोगको आश्वासन पाएपछि शव बुझ्न थालेका हुन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव बुझ्न शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेका भावविह्वल आफन्त । पोस्टमार्टम बिहीबार सकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागले शुक्रबार बिहान शव पहिचान थालेको थियो । पोस्टमार्टम टोलीका नेता फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीले बिहीबार बेलुका नै पोस्टमार्टम सकिएको जानकारी दिँदै शुक्रबार शव पहिचान गरेर आफन्तलाई हस्तान्तरण गर्ने बताएका थिए । त्यसैले शिक्षण अस्पतालको फोरेन्सिक विभाग रहेको भवन अगाडिको प्रांगणमा शुक्रबार बिहानै…
Read More
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्दार

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्दार

जनकपुर भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्दार गरी ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्दार गरी नेपाल ल्याइएको हो । बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । आज जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो…
Read More
प्रधानमन्त्री ओली: देशको विकास योजना कार्यान्वयनमा उच्च मानक अपनाउनु पर्ने

प्रधानमन्त्री ओली: देशको विकास योजना कार्यान्वयनमा उच्च मानक अपनाउनु पर्ने

काठमाडौँ, साउन ११ गते। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र विकासको योजना कार्यान्वयन नमूनायोग्य बन्न सक्नुपर्ने बताउनुभएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, “नवनियुक्त पदाधिकारीमा हार्दिक बधाइ एवम् शुभकामना। तपाईहरुको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस्। नयाँ उचाइ हासिल हुन सकोस्।” उहाँले मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजनालाई समृद्ध नेपालका नीति तथा गन्तव्यसँग तालमेल गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना…
Read More