Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्री ओली: देशको विकास योजना कार्यान्वयनमा उच्च मानक अपनाउनु पर्ने

Advertisement

काठमाडौँ, साउन ११ गते। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र विकासको योजना कार्यान्वयन नमूनायोग्य बन्न सक्नुपर्ने बताउनुभएको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नवनियुक्त पदाधिकारीमा हार्दिक बधाइ एवम् शुभकामना। तपाईहरुको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस्। नयाँ उचाइ हासिल हुन सकोस्।” उहाँले मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजनालाई समृद्ध नेपालका नीति तथा गन्तव्यसँग तालमेल गर्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेछ। उत्पादन वृद्धि र मानवीय एवम् भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ। तपाईंहरुले समन्वयात्मक रूपमा काम गर्नुहोला।”

उहाँले सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन पाउनु राम्रो रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...