Skip to main content

धनगढी न्यूज

विश्वकप र वातावरणको सम्मानमा एस.पी.ए कलेजद्वारा ३,४७० बिरुवा वृक्षारोपण

Advertisement

धनगढी । धनगढी स्थित एसपीए कलेजले हालै सम्पन्न टी-२० पुरुष विश्वकप २०२४ मा नेपाली क्रिकेटरहरू ले गरेको प्रदर्शनमा तीन हजार चार सय सत्तरी बिरुवा रोपेको छ । शुक्रवार कलेजले हरेक रनमा १० र विपक्षी टिम विरुद्ध लिएको हरेक विकेटमा २० बिरुवा रोप्ने पूर्व घोषणा अनुरूप ३,४७० बिरुवा रोपेको हो ।

कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रिन क्लिन धनगढी सँगको सहकार्यमा धनगढी उप–महानगरपालिको हरित धनगढी कार्यक्रममा सहयोग पुर्‍याउने उद्देश्यका साथ श्री शारदा मा.वि. बैयाबेहेडीले धनगढी वडा नं. २ स्थित नल्का घाटमा उपलब्ध गराएको जग्गामा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा सहभागी नेपाली राष्ट्रिय टोली २०१६ यु-१९ का पूर्व कप्तान राजु रिजालले क्रिकेट र क्रिकेटरहरूलाई प्रोत्साहन गर्दै एस.पी.ए कलेजले वातावरण प्रवर्द्धन जस्तो सम्मान जनक कार्य गर्दै सरिक हुने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै, धनगढी उप-महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मराज ओझाले क्रिकेटरहरूको हौसला बढाउँदै धनगढी उपमहानगरको हरित धनगढी कार्यक्रमलाई समेत सहयोग गर्ने एस.पी.ए कलेजको प्रशंसा सहित धन्यवाद ज्ञापन गरेका छन् ।

सो अवसरमा बोल्दै कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले बिरुवा उपलब्ध गराई सहयोग गर्ने डिभिजन वन कार्यालय धनगढी तथा पर्यावरणको प्रवर्द्धनका लगी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद सहित आभार प्रकट गरेका छन् ।

वृक्षारोपण कार्यक्रममा धनगढी उप-महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मराज ओझा, श्री शारदा मा.वि का प्रधानाध्यापक तेज सिंह, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सशस्त्र प्रहरी बल दक्षिण बैयाहबेहेडी नल्का घाट धनगढीका प्रमुख अम्मर विष्ट सहितको टोली, ब्राईटवे पब्लिक स्कुलका शिक्षक तथा विद्यार्थीहरू, नेपाली राष्ट्रिय टोलीका क्रिकेटरहहरु क्रमशः नेपाली राष्ट्रिय टोली २०१६ यु-१९ का पूर्व कप्तान राजु रिजाल, यु-१९ २०२४ विश्वकप खेलाडी विपिन रावल, नेपाल ए टिमका नारायण जोशी, यु-१९ २०२१ का सदस्य वसन्त सिंह, पूर्व सुदूरपश्चिम क्रिकेट टोलीका सदस्य विजय राना र सुदूरपश्चिम क्रिकेट टोलीका सदस्य भोजराज भट्ट तथा एस.पी.ए कलेका क्याम्पस प्रमुख, प्राध्यापक, उप-प्राध्यापक तथा विद्यार्थीहरू को संयुक्त सहभागितामा वृक्षारोपण गर्ने कार्य सम्पन्न भएको छ ।

जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनका आधारमा उक्त वृक्षारोपण गर्ने घोषणा गरेको एस.पी.ए कलेजले यस अधि वातावरणको संरक्षणमा दुई पटक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...