19
Jun
मधेस सरकारको चालु आर्थिक वर्षको बजेट खर्च गर्नमा कछुवाको गतिमा छ । चालु आर्थिक वर्षको वर्ष ११ महिनामा प्रदेश सरकारले चार भागको एक भागभन्दा पनि कम बजेट रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रयक कार्यालय जनकपुरका अनुसार जेठसम्म मधेस सरकारको कुल बजेटको २२ दशमलव ४७ प्रतिशत रकम मात्रै खर्च हुन सकेको छ । करिब ७८ प्रतिशत बजेट रकम अझ खर्च हुन नसकेको प्रदेश प्रदेश लेखा नियन्त्रयक कार्यालय जनकपुरका प्रवक्ता निरेन्द्रलाल कर्णले बताए । प्रदेश सरकारले अहिलेसम्म चालु र पुँजीगत गरी ९ अर्ब ८६ करोड ११ लाख ३० हजार ३९५ रुपैयाँ खर्च गरेको छ । यसमा पुँजीगततर्फ ४ अर्ब ५५ करोड १९…






