Skip to main content

धनगढी न्यूज

किसानलाई भारतीय मलकै भर

Advertisement

भैरहवा, रौतहट, कपिलवस्तु र  नेपालगन्ज — रूपन्देहीको कोटहीमाई–५ मझगावाँका अलिम पठान बिहानै साइकल चढेर मलको खोजीमा गाउँ चहार्छन् । स्थानीय सहकारीमा मल नभएको जवाफ पाएपछि भारतीय मलको खोजीमा सीमा क्षेत्रतर्फ जान्छन् । कहिलेकाहीँ गाउँमा ल्याइएको भारतीय मल खरिद गर्छन् ।

 

पठानले १० कट्ठामा धान रोपेका छन् । अहिले मल छर्ने बेला हो, मल नछरे बाला राम्रो लाग्दैन । भारतबाट मल किन्दा महँगो पर्छ । पठानका अनुसार गाउँमा सहुलियतको युरिया प्रतिबोराको ९ सय रुपैयाँ पर्छ । भारतबाट ल्याउँदा एउटै बोराको १ हजार ५ सय रुपैयाँ पर्छ । ‘सीमा वारिपारिका सुरक्षाकर्मीलाई चिया खर्च दिनुपर्छ,’ उनले भने, ‘त्यसमा २/३ सय रुपैयाँ खर्च हुन्छ ।’ भारतबाट डीएपी मल ल्याउँदा प्रतिबोरा २ हजार ७ देखि ३ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको पठानले सुनाए । स्वदेशमै उपलब्ध भए डीएपीलाई किसानले २ हजार ३ सय ५० रुपैयाँभन्दा बढी तिर्नुपर्दैन

कोटहीमाई–५ कै सुवासचन्द्र यादव धान खेतीका बेला सधैं मल अभाव हुने गरेको बताउँछन् । ‘डीएपी मल चाहिएको बेला स्थानीय सहकारीमा युरिया उपलब्ध हुन्छ । युरिया चाहिएको बेला डीएपी आइपुग्छ,’ उनले भने, ‘तर कहिल्यै पर्याप्त आउँदैन ।’ सीमापारि पुगेर मल ल्याउन आफूहरू बाध्य बनेको यादवले बताए ।

उनका अनुसार जिल्लाका सीमावर्ती मात्र नभएर उत्तरी क्षेत्रका किसान पनि भारतीय मलमै निर्भर छन् । ‘तर सीमा पारि जाँदा भारतीय सीमा सुरक्षा बलले सताउँछ र वारि आफ्नै प्रहरीको निगरानीमा परिन्छ,’ उनले भने । कोटहीमाई–५ की सर्वदादेवी मौर्यले आफ्नो गाउँका कसैले पनि पर्याप्त मल नपाएको सुनाइन् । ‘यहाँ एक सय बोरा चाहिएको हुन्छ, सहकारीमा २० बोरा आउँछ,’ उनले भनिन् ।

किसानहरू मलको खोजीमा बिहानै सीमा क्षेत्र पुग्छन् । बिहान १०/११ बजेतिर उनीहरू साइकल र मोटरसाइकलमा मलका बोरा बाँधेर फर्किरहेका देखिन्छन् । स्थानीय प्रशासनको आँखा छल्नुपर्ने भएकाले उनीहरू ग्रामीण नाकाबाट ओहोरदोहोर गर्छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...