Skip to main content

धनगढी न्यूज

कैलाली दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

Advertisement

कैलालीमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका हुन भने भजनमा रुखमा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन ।

शनिवार धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हुलाकी सडक खण्डमा से ४ प ४७२९ र से ५ प २६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये से ५ प २६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीका ५० वर्षीय कुलप्रसाद पंगालीको निसर्ग अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ। अर्का चालक २६ वर्षीय आश्वीन पौडेलको भने उपचार भइरहेको छ।

शनिवार नै भजनी नगरपालिका–९ स्थित सुखड–भजनी सडकखण्डमा से २ प १९९२ नम्बरको मोाटरसाईकल सालको रूखमा ठोक्किएर दुर्घटना हुँदा २ जना घाइत्े भएका छन ।

दुर्घटनामा मोटरसाइकल चालक भजनीका मकालु चौधरी र पछाडि सवार घोडाघोडी नगरपालिका–३ बस्ने ४२ वर्षीय जगतराम चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।


उनीहरू दुवैको जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...