Skip to main content

धनगढी न्यूज

त्रिशूलीमा हराएको बसको खोजी अभियान स्थगित गर्ने तयारी

Advertisement

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको शनिबार १६ दिन पुग्यो । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो ।

दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन । बाँकी यात्रु बेपत्ता छन् ।

दुर्घटनामा परेका यात्रुको परिवारजनले आफ्नो परम्परा अनुसार दाहसंस्कार पनि गरिसके । परिवारजनले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शव खोजी जारी राखेका छन् ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेका छन् ।

लगातार १५ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनिसकेका छन् । भारतीय टोली आइतवार फर्किने तयारीमा छ ।

निरन्तर रुपमा बसको खोजीमा जुटेका एक सुरक्षा अधिकृत भन्छन्, ‘हामीलाई यी बस भेटिदैन भन्ने थाहा छ, सायद अरुलाई पनि अब थाहा भयो होला, परिवारले पनि आश मारे । तर हामी निरन्तर यसमा लागिरहेका छौं ।’

बसको खोजीमा दैनिक सयौं जना सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेको छ ।

बस र यात्रुको कहिलेसम्म खोजी गर्ने भन्ने अन्योल छ । ती सुरक्षा अधिकृत भन्छन्, ‘यति दिन खोज्ने भन्ने त्यस्तो केही छैन, जबसम्म माथिबाट खोजी अब रोक्नु भनेर आउँदैन तबसम्म हामीले रोक्ने कुरा भएन ।’

२०७३ असोज ९ गते पोखराबाट काठमाडौं जाँदै गर्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार मुग्लिनदेखि केही अगाडिको घोप्टेभीरबाट त्रिशूलीमा खसेको थियो । उनी र भाइहरु प्रकाश र मदन पनि नदीमा बेपत्ता भए ।

दुई हप्तासम्म खोजी गर्दा पनि उनीहरुको अवस्था पत्ता नलागे पछि सरकारको खोजी कार्य नै रोक्यो । परिवारले कुशको शव बनाएर दाहसंस्कार गरे

घिमिरेको गाडी असोज महिनामा त्रिशूलीमा पानीको बहाब अहिलेको भन्दा सानो हुँदा खसेको हो । त्यहाँबाट त्रिशूली नदी अहिले बस खसेको ठाँउसम्म आउँदा बीचमा मर्स्याङ्दी मिसिएर झन् ठूलो भएको छ । घटनास्थलबाट केही किलोमिटर तल त्रिशूलीमा सेती नदी पनि मिसिएको छ ।

अहिले मध्य बर्खा पनि भएकाले पानीको तीव्रबहाव छ र नदी धमिलो पनि छ । त्यसैले बस भेटिने सम्भावना कम रहेको निष्कर्ष निकालिएको ती सुरक्षा अधिकृतले बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूहरुको प्रयासले बस भेटिने कुनै सम्भावना नरहेको जानकारी माथिल्लो निकायमा गराइसकेको बताए । घटनास्थल र त्यसभन्दा तल ३० किलोमिटरसम्म निरन्तर खोजी गर्दा पनि बस भेटिने सम्भावना निकै कम रहेको र खोजी गर्न समस्या भएको रिपोर्टिङ माथिल्लो निकायमा गरिएको प्रजिअ यादवले बताए ।

‘भोलिबाट थप खोज्ने वा रोक्ने भन्ने निर्णय आउँछ भन्ने विश्वास छ’, उनले भने, ‘अहिलेको समग्र अवस्थाको बारेमा जानकारी गराएका छौं ।’

भारतीय टोली भोलि फर्किने

हराएका बसको खोजीका लागि गत साउन ४ गते आएको १२ जना भारतीयकोे खोजी तथा उद्दार टोली आइतबार फिर्ता हुने भएको छ ।

प्रजिअ यादवका अनुसार भारतीय टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरे पनि बस नभेटिएको प्रतिवेदन दिएर फिर्ता हुनेछ ।

१९ किलोको चुम्बक नै हरायो

शनिबार दिउँसो बसको खोजी लागि प्रयोग गरिएको १९ किलोको चुम्बक नै पानीमा हराएको छ । भारतबाट १४ र १९ किलोको दुईवटा चुम्बक ल्याएर खोजी गरिएको थियो । तीमध्ये १९ किलोको चुम्बक हराएको प्रहरी स्रोतले जानकारी दिएको छ । चुम्बकसँगै लाइफ ब्वाई ट्युब पनि पानीले बगाएको छ ।

खोजीमा जुटेका नेपालका एक सुरक्षा अधिकारीले पानीको तीब्र प्रवाहका कारणले चुम्बक हराउनु सामान्य कुरा भएको बताए । उनले भने, ‘९/९ टनका बस नदीमा हराएका छन्, १९ किलोको चुम्बक हराउनु कुन ठूलो कुरा भयो र ?’

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...