Skip to main content

धनगढी न्यूज

पाकिस्तानमा साम्प्रदायिक लडाइँ: ३५ जनाको मृत्यु

Advertisement

पेसावर। उत्तरपश्चिमी पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

एक बन्दुकधारीले कृषि भूमिमा दशकौँ लामो विवादमा वार्ता गरिरहेको परिषदमाथि गोली चलाएका छन् । त्यो सँगै सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिहरू बुधबारदेखि लडिरहेका स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले बताउनुभयो । यद्यपि उक्त आक्रमणमा कोही पनि घाइते भएन ।

हुसेनका अनुसार यसले अफगानिस्तानको सिमानामा रहेको कुर्रम जिल्लामा एकसाथ बसोबास गर्ने कुलहरूबीच लामो समयदेखिको धार्मिक तनावलाई पुनर्जीवित गरेको छ ।

“सुरुमा जग्गा विवाद थियो, यो मुद्दा अहिले साम्प्रदायिक हिंसामा परिणत भएको छ”, हुसेनले भन्नुभयो, “सरकार र स्थानीय नेताहरूले जिर्गा (आदिवासी परिषद्) मार्फत लडाइँ रोक्न प्रयास भइरहेको छ तर अहिलेसम्म सफल हुन सकेको छैन ।”

साथै पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य छ । पाकिस्तान सुन्नी बहुल देश हो । यहाँ शियाहरूले बारम्बार भेदभाव र हिंसाको सामना गर्छन् ।

शिया जनजातिले द्वन्द्वमा ‘सबैभन्दा बढी क्षति’ भोगेको भन्दै सरकारी अधिकारीले मृतक ३५ मध्ये ३० जना अल्पसङ्ख्यक सम्प्रदायका मारिएको बताउनुभयो ।

दुवै पक्षले पाराचिनार सहरवरपर केन्द्रित लडाइँमा स्वचालित हतियार र मोर्टारको प्रयोग गरिरहेको र त्यसलाई कानून प्रवर्तनले अवरुद्ध पारेको प्रहरी स्रोतले बताएको छ ।

“यस क्षेत्रमा अझै पनि साना र ठूला दुवै हतियारहरूको प्रयोगमा संलग्न झडपहरू देखिरहेको छ”, कुर्रम जिल्लाका वरिष्ठ अधिकारीले भन्नुभयो । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा हो । यो सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो ।

यस कदमले यस क्षेत्रलाई कानूनी र प्रशासनिक मूलधारमा ल्याएको छ । यद्यपि प्रहरी र सुरक्षा बलहरूले त्यहाँ कानूनको शासन लागू गर्न बारम्बार सङ्घर्ष गरेका छन् । रासस, एएफपी

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...