29
Jul
काठमाडौं – जापानी स्टार केसुके होन्डा यसै महिनाको अन्त्यमा दशरथ रंगशालामा हुने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा आउने भएका छन् । साउन २९ गते हुने च्यालेन्ज लिगको छनोटमा नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेड र भुटानको पारो फुटबल क्लब खेल्दैछन् । उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो । पारोले झन्डै एक दर्जन विदेशी खेलाडी अनुबन्ध गरेकोमा जापानी स्टार पनि नेपाल आउनेछन् । यसबाहेक गत सिजन नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका डिफेन्डर मार्को इभानोभिच र बीरगंज युनाइटेडबाट खेलेका मिडफिल्डर विलियम ओपोकु पनि पारोमा छन् । भुटानका राष्ट्रिय टोलीका खेलाडी समेत रहेको टोलीको प्रशिक्षकमा पुष्पलाल…






