Skip to main content

धनगढी न्यूज

ठेकराज मावि मा हरेक शुक्रबार ‘बुक फ्री फ्राइडे’

Advertisement

धनगढीः कैलालीको धनगढीस्थित ठेकराज माध्यामिक विद्यालमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित पठनपाठनसँगै अतिरिक्त सिप सिकाउने कामको समेत सुरुवात गरिएको छ।

धनगढी उपमहानगरपालिकाले विद्यार्थीलाई पढाईसँगै सिप सिकाउने कामको सुरुवात गरेको हो। उपमहानगरले हरेक शुक्रवार चार घण्टाका दरले विद्यार्थीहरूलाई मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम दिन थालेको छ। यो वर्ष परीक्षणका लागि नियमित पठनपाठनसँगै सिप सिकाउने कार्यक्रम ठेकराज माविबाट सुरू गरिएको छ।

कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीले हरेक शुक्रवार दैनिक चार घण्टा मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक रिपेयरिङको तालिम लिन पाउने गरी तालिमको सुरुवात गरिएको छ। धनगढी उपमहानगरपालिका–११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा ‘किताब बिहिन शुक्रवार’ अर्थात ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु भएको छ। मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु भएको हो।

विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालिएको हो। उपमहानगरपालिकाले काठमाडौंको गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग सहकार्य गरेर हरेक शुक्रवार अतिरिक्त सिप सिकाउन थालेको हो।

‘शिक्षा सिपसँगै रोजगारी, हाम्रो जिम्मेवारी’ भन्ने अभियान अन्तर्गत गुरू इन्स्टिच्युटले धनगढीसँग सहकार्य गरेर विद्यार्थीहरूलाई मोबाइल, ल्यापटप, डेस्कटप मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेको गुरु इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इन्जिनियरिङका कार्यक्रम संयोजक इन्जिनियर रोशन श्रेष्ठले बताए। उनले विद्यार्थी विदेशिनेक्रम रहेकाले विद्यार्थीहरूले सिप सिकेर स्वदेशमै  रोजगारी गर्न र स्वरोजगार बन्न सकुन् भनेर कार्यक्रम लागु गरिएको बताए।

‘हामीले हरेक शुक्रवार विद्यार्थीहरूलाई मोबाइल र कम्प्युटर मर्मत तथा इलेक्ट्रोनिक उपकरण मर्मत सम्बन्धी सिप सिकाउँछौँ’, उनले भने, ‘जसले गर्दा उनीहरूले घरमा बिग्रेको समान मर्मत गर्न सक्नेछन् भने मोबाइल, कम्प्युटर पङ्खा र हाउस वायरिङ गरेर पढ्दापढ्दै आय–आर्जनसमेत गर्न सक्ने हुनेछन्। उपमहानगरसँग सहकार्य गरेर ठेकराज माध्यमिक विद्यालयमा यो वर्ष भरी इच्छुक विद्यार्थीहरूलाई हामीले हरेक शुक्रवार विद्यालयमै गएर सिप सिकाउने छौँ।’

धनगढी उपमहानगरपालिकाले गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग यो वर्ष सम्झौता गरेर ठेकराज माध्यमिक विद्यालयमा कार्यक्रम लागु गरेको छ। तालिम सफल र प्रभावकारी देखिए अर्को वर्षदेखि अन्य सामुदायिक विद्यालयमा समेत कार्यक्रम लागु हुने उपमहानगरले जनाएको छ।

यो वर्ष ठेकराज माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ सम्मका ३० जना विद्यार्थीलाई तालिम दिन थालिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए। उनले हरेक शुक्रवार ४ घण्टाका दरले एक वर्षसम्म विद्यार्थीहरूलाई तालिम उनले दिइने बताए। ठेजराज माविमा कार्यक्रम सफल भए अन्य सामुदायिक विद्यालयमा समेत औपचारिक शिक्षासँगै सिप प्रदान गरेर विद्यालयबाट सिपयुक्त जनशक्ति निर्माण गर्ने योजना उपमहानगरको रहेको महाशाखा प्रमुख बडायकले बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...