Skip to main content

धनगढी न्यूज

सडक अवरोधका कारण पुल निर्माण रोकियो

Advertisement

बाजुरा । बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ, झाली हुँदै खप्तडछेडेदहको पुडाबाउला–टुनीसैन ग्रामीण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ । सडक अवरुद्ध हुँदा खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को बिचबाट बग्ने बार्जुगाड खोलाको पुल निर्माणका लागि चाहिने सामग्री ढुवानीमा समस्या भएको छ ।

ग्रामीण सडक अवरुद्ध भएपछि पुल निर्माणको काम रोकिएको ठेकेदार कम्पनी एडभेन्चर साउद जेभी कन्स्ट्रक्सनले जनाएको छ । फागुनयता पुल निर्माणको काम दु्रत गतिमा भइरहेको थियो । असार दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा सामान ढुवानी गर्न सकिएको छैन । साउद कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि ईश्वर साउदले भने बर्खाको समयमा ज्यामी पाउन पनि समस्या थियो । कहाँ कहाँबाट ज्यामी ल्याएर काम सुरु भइरहेको थियो तर बाटो बन्द भएका कारण सामान ढुवानी गर्न नसकेपछि काम ठप्प भयो ।

गिट्टी ल्याएर बेतालमाण्डौमा राखेको तर अहिलेसम्म बाटो नखुलेपछि पुल निर्माणको काममा समस्या भएको साउदले बताए । बेतालमाण्डौदेखि त्रिशक्तिसम्मको सडक निर्माणका लागि बुढीगङ्गा नगरपालिकाले आठ करोड रुपियाँको लागतमा बगलामुखी कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको छ ।

त्यस्तै झालीदेखि खप्तडछेडेदह गाउँपालिकासम्मको ग्रामीण सडक निर्माणको काम प्रत्येक वर्षमा स्थानीय तहले नै मर्मत गर्दै आएका छन् । सडक कसैले पनि मर्मत नगरेपछि अहिले देउलसैन–बाइल–सिमलकोट–झाली–पुडावाउँला टुनिसैनलगायतका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्या भएको स्थानीय खडक विष्टले बताए ।

बेतालमाण्डौ–त्रिशक्ति सडकको दोस्रो मोडमा काम भइरहेका बेलामा केही स्थानीयले काममा बाधा पु¥याएकाले पनि सडक निर्माणको काम रोकिएको बङ्गलामुखी कन्स्ट्रक्सनका साइड इन्चार्ज हिमशिखर डाँगीले बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...