Skip to main content

धनगढी न्यूज

चिसापानीबाट ‘खलासी’ किड्न्यापको घटना, कैलाली

Advertisement

धनगढी : कैलालीको चिसापानीबाट एक जनाको अपहरण गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सह–चालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो।

लम्की–चिसापानी क्षेत्रका युवाहरूले दाउरा बोकेको गाडीका सह–चालकको अपहरण गरेका परिवारको आरोप छ। सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्कीचुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार/पाँच जना युवाको समूहले आफूसँगै लिएका हुन्। अनुराजको टाउकोमा चोट छ।

चौधरीका परिवारले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय भावेश सापकोटा, २८ वर्षीय नारायण शाही लगायतका युवाहरूको विरुद्धमा घटनाकाे आरोप लगाएका छन्।

 

नारायण शाहीलाई प्रहरीले पक्राउ गरिएको छ। चौधरीको अवस्था भने अझै अज्ञात रहेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता गंगादत्त बडूले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताए। चिपासानी प्रहरी र सशस्त्र बेस क्याम्प डुडेझारीको टोलीले उनीहरूको खोजी गर्दै छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...