Skip to main content

धनगढी न्यूज

बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

Advertisement

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बागेश्वरीमा काठमाडौं महानगरपालिका–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो-सडक सम्पदामैत्री र नेवा: संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् ।

‘पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ ।

घर सम्पदामैत्री नेवा: शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’

 

उद्घाटन समारोहमा मेयर शाहले आफू लामो नबोल्ने बताए । ५ मिनेटको समयमा आफ्ना भनाइ सकेका उनले बोल्नेभन्दा काम गरेर देखाउनुपर्ने बताए ।

शाहले राजनीतिक दलका पदाधिकारी र जनप्रतिनिधितर्फ लक्षित गर्दै धेरै बोल्नेभन्दा समयमै काममा ध्यान दिनु राम्रो हुने बताए ।

‘म धेरै बोल्न चाहन्न, म अब निस्किन लागेको । उहाँहरूले बोल्दिनु भनेर केही कुरा राखेँ । बोल्नेभन्दा काम गर्नुपर्छ भन्ने हो । उहाँहरूलाई गाह्रो छ, (दलका नेतातर्फ लक्षित गर्दै) एउटा लामो लिस्ट पनि बोल्नुपर्दो रहेछ’, उनले भने, ‘जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिदेखि लिएर सबैको नाम लिँदालिँदा उहाँहरूको समय जाँदोरहेछ । त्यसोभन्दा पनि अब काममै समय दिऊँ ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...