01
Aug
ब्युनस आयर्स, साउन १७ गते । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको छ । ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो । अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए । भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् । “भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु”, माइलीले…






