Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

Advertisement

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् ।

‘मैले मात्र काँध थापेर सरकार जोगिने होइन । अन्तिम समयसम्म उहाँ (मुख्यमन्त्री) लाई साथ दिएको थिएँ’, चौधरीले भने, ‘सरकार जोगिने अवस्था नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।

मुख्यमन्त्री सोडारीले आफूले पदभार सम्हालेकै दिन ६ वैशाखमा चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको छ । सोडारीले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...