Skip to main content

धनगढी न्यूज

तीन जना बालिका अपहरणको आरोपमा हिरासतमा

Advertisement

सुनसरीको दुहवी नगरपालिकाबाट मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीया नाबालिकालाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ का ५० वर्षीयको संजय पासवानले बालिकालाई कोही कसैलाई नसोधी, मन्जुरी नलिई उठाई लिई गएको हुँदा निजको खोजतलाश गरी पाउँ भन्ने समेत व्यहोराको हुलिया निवेदन इलाका प्रहरी कार्यालय दुहवीमा दिएकोले प्रहरीले उजुरीका अधारमा साउन बुधबार तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोरङ विराटनगर वडा न. ६ रामपुरका ५० वर्षीय संजय पासवान, कटहरी गाउँपालिका वडा नं. ६ घर भई हाल विराटनगर वडा न. १० स्थितमा डेरा गरी बस्ने ५० कलानन्द पासवान र सोही ठाउँकी ४० सरिता पासवानलाई कानून बमोजिम पक्राउ गरीएको हो । तीनै जनालाई सुनसरी जिल्ला अदालतमा पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार हुलीया उजुरी आएको बुझ्दै जाँदा नाबालीकाको ठूलीआमा वैदेशिक रोजगारीको लागि विदेश जाने भनी काठमाडौ गएको र संजय पासवानले बालिकाको मामालाई फोन गरी “तेरो भान्जी मेरो कब्जामा छ, तेरो दिदीलाई बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरुलाई दिन्छु, भनी बताएको जानकारीसमेत प्राप्त भएकाले तत्सम्बन्धमा थप, खोज अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ-सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले खोजी कार्य गर्दै जाँदा बुधबार बिहानको ०६ः१५ बजेको समयमा मोरङ विराटनगर म.न.पा. वडा न. १० को कलानन्द पासवान र सरिता पासवानको डेरा कोठामा शंका लागी चेक जाँच गर्दा ती नाबालिकालाई बन्धक बनाई राखेको अवस्थामा फेला पारी उद्धार गरीएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...