Skip to main content

धनगढी न्यूज

सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट सदनमै पेश गर्ने

Advertisement

धनगढी: सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउन लागेको छ । तत्कालिन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट फेल भए सगैं प्रदेशमा बजेट शुन्यता शुरु भएको थियो । साउन १ गतेदेखी प्रदेश सरकारले राजश्व समेत सकंलन गर्न पाएको थिएन । राजश्व सकंलनका लागी प्रदेशको मन्त्रीपरिषद बैठकले कर संकलन सम्बन्धी अध्यादेश पारित गरिसकेको छ । अब केही दिन भित्रे नयाँ बजेट सदनमा पेष गर्ने सरकारको तयारी छ ।

बिगतको सरकारले ल्याएको बजेट फेल भइसक्यो हामीले तत्कालको समस्या हल गर्न राजश्व सम्बन्धी अध्यादेश पास गरेका छौँ मुख्यमन्त्री कमल बहादुर शाहले भने “अब बजेट शुन्यताको समस्या हल गर्ने गरी चाँडै प्रदेशसभामा बजेट पेस गरेर पारित पनि गछौँ र सुदुरपश्चिमको आर्थिक गतिबिधि चलायमान हुने छ, हाल सबै पक्षसगं छलफल गरिरहेका छौँ, बिज्ञहरु, राजनितिकर्मी लगायतको सुझाव आइरहेको छ, कसरी बजेट ल्याउने भन्ने बारे अनी टुगोंमा पुग्छौँ ।” सकेसम्म यही महिना पुर्ण बजेट अथवा प्रतिस्थापन के हुन्छ सदनमा ल्याउने मुख्यमन्त्री शाहको भनाई छ । सक्दो चाँडो बजेट ल्याएर पारित गर्ने तर्फ हामी केन्द्रित छौँ उनले भने “सके यही महिना नभए भदौ पहिलो साता बजेट ल्याउँछौँ र पारित गरेर आर्थिक गतिबिधि चलायमान गर्ने छौँ ।”

आज सरकारले कर सम्बन्धी अध्यादेश ल्याएसँगै कर सङ्कलनको बाटो खुलेको छ । प्रमाणीकरणको लागि आजै प्रदेश प्रमुखसमक्ष अध्यादेश पठाइएको छ । अध्यादेश प्रमाणीकरण पछि राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरु गर्ने तयारी गरिएको छ । तत्कालिन सरकारलाई राजश्व उठाउने गरी अध्यादेश ल्याउन आग्रह गर्दा समेत वेवास्ता गर्दा प्रदेशमा बजेट शुन्यताको स्थिती श्रृजना भएको मुख्यमन्त्री कमल बहादुर शाहको भनाई छ । सुदूरपश्चिम प्रदेशमा अघिल्लो वर्ष साउन महिनामा मात्रै साढे १२ करोड राजस्व संकलन भएको थियो । तर,अहिले समयमा बजेट पारित नहुँदा राजश्व संकलन ठप्प छ । प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको जनाइएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...