Skip to main content

धनगढी न्यूज

गोदावरी १० मा २ लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजनाको शिलन्यास

Advertisement

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा न १० को खमौरामा विशाल खानेपानी आयोजनाको निर्माण शुरु भएको छ।

एक घर एक धारा भन्ने उद्देश्यका साथ शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त खानेपानी ट्याङ्कीको सिल्यान्यास गरिएको हो।

शिलन्यास पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले  गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन  गइरहेको खानेपानी ट्याङ्की सुदुरपस्चिम प्रदेशको स्थानीय सरकारको यो पहिलो योजना रहेको बताए। उनले वडा नं १० बासीहरुको घर-घरमा धारा पुर्याई २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँचमा ल्याउने उद्देश्यका  साथ नगरपालिका यस कार्य अघि बढाएको बताए।

गोदावरी नगरपालिका ईन्जिनियर तथा खानेपानी आयोजना प्रमुख पूर्ण कुँवरका अनुसार यस क्षेत्रका करिब १ हजार १ सय २९ घरधुरीलाई प्रत्यक्ष रूपमा शुद्ध खानेपानी बाट लाभान्वित गर्ने  उद्देश्यले उक्त खानेपानी निर्माण कार्य सुरु गरिएको
बताए।

यस्तै वडा अध्यक्ष रविन्द्र शाही ( गुड्डु)ले  १० नं वडामा  सिलन्यास गरिएको ऐतिहासिक खानेपानी ट्याङ्की  यस क्षेत्रको सबै भन्दा ठूलो योजना रहेको र यस योजनालाई पहल गर्नुहुने नगर प्रमुख लगायत  सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दै   सोचेको भन्दा राम्रो कार्यको शुभारम्भ भएको साथै समग्र १० नं वडा वासीहरुलाई एकदमै हर्षितको विषय रहेको बताए।

oplus_2

उनले वडाबासीहरुले भोग्दै आइरहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै यसलाई प्राथमिकता दिएर हरेक घर-घरमा शुद्ध खानेपानीको पहुंच गर्ने उद्देश्यका साथ  करिब २ लाख २५ हजार लिटर बराबरको क्षमता हुने खानेपानी ट्याङ्कीको निर्माण कार्य सुरु भएको बताए ।

 

oplus_2

नगरपलिकाले बृहत खानेपानी आयोजना अन्तर्गत
१० नं वडामा ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैया बजेटबाट  उक्त ट्याङ्की २ वर्षमा सम्पन्न हुने गरी धनगढीको एमएस एल बि एन्ड जय श्री बालाजी जे भी निर्माण व्यवसायी कम्पनी संग सम्झौता गरिएको छ।


। यस क्षेत्रका करिब १हजार १सय २९ घर धुरी लाभन्भित हुने योजनामा ट्याङ्ककी निर्माण हुने भएको हो।

शिलन्यास कार्यक्रममा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी  रोकाया,जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्ट लगायत,स्थानीयहरु सहभागी थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...