Skip to main content

धनगढी न्यूज

Day: August 9, 2024

कक्षा १२ मा एसपीए कलेजबाट सुदूरपश्चिम प्रदेशमै सर्वाधिक विद्यार्थी पास

कक्षा १२ मा एसपीए कलेजबाट सुदूरपश्चिम प्रदेशमै सर्वाधिक विद्यार्थी पास

धनगढीः हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले रेकर्ड कायम गरेको छ सुदूरपश्चिम प्रदेशमै  सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो। सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा ५६१ विद्यार्थी पास भएका छन्। जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा उल्लेखित विद्यार्थी पास आउट सङ्ख्या सुदूरपश्चिम प्रदेशकै सर्वाधिक हो। यस्तै, एसपीए कलेजमा कानुन संकाय अध्ययनरत विद्यार्थी रमित ढुङ्गानाले कानुन विषयबाट ३.७२ ग्रेड ल्याउँदै सुदूरपश्चिम प्रदेश समेत टप गरेका छन्। एसपीए कलेजले सुदूरपश्चिम प्रदेशमा यस पटकको कक्षा १२ को नतिजामा सबै भन्दा धेरै विद्यार्थी पास गराउने शैक्षिक संस्थाका रूपमा…
Read More
राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कता?

राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कता?

हाल देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) छ। अनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। यस क्रममा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको…
Read More
धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदी चोरी

धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदी चोरी

धनगढी: धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए। ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि बुधबार र बिहीबार उनको खोजी गरिएको थियो। प्रहरीले बिहीबार (हिजो) राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकै…
Read More
सेती अस्पतालको क्यान्टिनमा अखाद्य म. म. मासु अनी दुध भेटियो

सेती अस्पतालको क्यान्टिनमा अखाद्य म. म. मासु अनी दुध भेटियो

कैलाली ।  कैलालीको सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालयको सयुंक्त अनुगमनका क्रममा  अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो । अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिज भित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए । सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मस् मस्, ३ किलो कलर हालेको अचार, ३ किलो चिकेन र १० लिटर दुध बरामद गरी नस्ट गरिएको हो । धनगढी उपमहानगरपालिकाकी…
Read More
गोदावरी १० मा २ लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजनाको शिलन्यास

गोदावरी १० मा २ लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजनाको शिलन्यास

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा न १० को खमौरामा विशाल खानेपानी आयोजनाको निर्माण शुरु भएको छ। एक घर एक धारा भन्ने उद्देश्यका साथ शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त खानेपानी ट्याङ्कीको सिल्यान्यास गरिएको हो। शिलन्यास पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले  गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन  गइरहेको खानेपानी ट्याङ्की सुदुरपस्चिम प्रदेशको स्थानीय सरकारको यो पहिलो योजना रहेको बताए। उनले वडा नं १० बासीहरुको घर-घरमा धारा पुर्याई २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँचमा ल्याउने उद्देश्यका  साथ नगरपालिका यस कार्य अघि बढाएको बताए। गोदावरी नगरपालिका ईन्जिनियर तथा खानेपानी आयोजना प्रमुख पूर्ण कुँवरका अनुसार यस क्षेत्रका करिब १ हजार १ सय…
Read More
निर्मला कुर्मी प्रक्ररण : पांचौ चरणको आन्दोलन सुरु

निर्मला कुर्मी प्रक्ररण : पांचौ चरणको आन्दोलन सुरु

काठमाडौं–  निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै महिला अधिकारकर्मी र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका छन्। तीन बुँदे माग राख्दै उनीहरुले शुक्रबारदेखि पांचौ चरणकोआन्दोलन सुरु गरेका हुन्। निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाईयोस, कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याइयोस् र आन्दोलनकारीहरुको सुरक्षाको ग्यारेन्टी गरियोस भन्दै उनीहरूले आन्दोलन पुनः सुरु गरेका हुन्।
Read More
टीकापुरमा चितुवाको त्रास: दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।

टीकापुरमा चितुवाको त्रास: दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।

कैलाली: एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ। चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए। ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। “स्थानीयले तीन चितुवा देखेको बताएका छन्। हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ”, उनले भने। चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ। दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय…
Read More
सर्पले टोकेर बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते

सर्पले टोकेर बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते

बर्दिया : बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ।   गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो। मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएकी छन्। घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि…
Read More
माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

काठमाडौँ — माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ । ३६ वर्षदेखि पार्टीको मुख्य नेतृत्वमा रहेका उनीमाथि सत्ता मोहका कारण पटकपटक गठबन्धन फेरेको, पार्टीमा सामूहिक निर्णय नगरेको, दोस्रो तहका नेताहरूको नेतृत्व विकासका लागि बाटो खुला नगरेको जस्ता प्रश्न उठाउने तयारीमा नेताहरू रहेका छन् । माओवादीको गत साता भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले खुलेर धारणा राख्न भनेपछि पदाधिकारीहरूले सत्ताका लागि पटकपटक गठबन्धन फेर्दा सर्वसाधारणमा गलत सन्देश गएको, संगठनले गति लिन नसकेको, नेता तथा कार्यकर्ताको कार्यशैली झन् बिग्रिएको टिप्पणी गरेका थिए । उनीहरूले कांग्रेस–एमालेको गठबन्धन बनेपछि माओवादीलाई संगठन…
Read More
नाग पञ्चमी : किन नेपालीहरूले यसलाई मनाउँछन्?”

नाग पञ्चमी : किन नेपालीहरूले यसलाई मनाउँछन्?”

नागराजसँग ब्रह्माको संवाद भएको तिथिका रूपमा श्रावन शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइन्छ। यो पर्वमा नागको अष्टकूल अर्थात् अनन्त, वाशुकी, पद्म, महापद्म, तत्क्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दुध, दही, अक्षता, फूल, दुबो, आदिले विधिपूर्वक पूजा गरेर दुध र नैवद्ध चढाइन्छ। यस्तो विधि सकिएपछि नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसिन्छ। यसरी नागको तस्बिर टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको डर हुँदैन भन्ने धार्मिक मान्यता छ। भगवान श्री कृष्णको पद चिन्हलाई कलीय नागले आफ्नो शिरमा राख्ने सौभाग्य पाएकाले उसका सन्तानलाई मार्नु हुँदैन भन्ने विश्वासका साथ पनि नागको पूजा गरिने व्रह्मण पुराणमा उल्लेखित छ। नागपञ्चमीको दिनदेखि वर्षा याम समाप्त भई हिउँद…
Read More