Skip to main content

धनगढी न्यूज

सेती अस्पतालको क्यान्टिनमा अखाद्य म. म. मासु अनी दुध भेटियो

Advertisement

कैलाली ।  कैलालीको सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालयको सयुंक्त अनुगमनका क्रममा  अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो ।

अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिज भित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए ।

सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मस् मस्, ३ किलो कलर हालेको अचार, ३ किलो चिकेन र १० लिटर दुध बरामद गरी नस्ट गरिएको हो ।

धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना सहित सहभागी अनुगमन समितिले अस्पतालको क्यान्टिनलाई दुई हजार जरिवाना गराएको छ । यसका साथै फेरी यस्ता गल्ती नगर्न चेतावनी दिइएको अनुगमन समिति सदस्य मल्लले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...