Skip to main content

धनगढी न्यूज

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

Advertisement

एमिली एटकिंसन — ब्राजिलको साओ पाउलोमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमान रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ ।

बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनामा कुनै यात्रुलाई जीवित उईार गर्न सकिएन । आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको र स्थानीय पनि कोही घाइते नभएको रिपोर्ट आइरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन्। विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन । दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...