Skip to main content

धनगढी न्यूज

Day: August 10, 2024

बाजुरा: पहिरोमा परेर ४ जना घाइते, १५  गोरु मरे २६ बेपत्ता

बाजुरा: पहिरोमा परेर ४ जना घाइते, १५ गोरु मरे २६ बेपत्ता

बाजुराः बाजुरामा पहिरोमा परेर चार जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका–३ ठिकु भन्ने स्थानमा आज बिहान आएको पहिरोमा परेर उनीहरु घाइते भएका हुन्। घाइते हुनेमा हिमाली गाउँपालिका–३ का ५० वर्षीय हंस बुढा, १३ वर्षीया पे्रमकला बुढा, १० वर्षीया ललिता बुढा र १५ वर्षीया अनिता रोकाय रहेका छन्। प्रेमकलाको हुम्लाबाट डाक्टर आएर घरमै उपचार गरिएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। उक्त पहिरोमा परेर १३ जनाका १५ गोरु मरेका छन् भने २६ गोरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आज बिहान जङ्गलमा गोरु चराउन लैजाँदै गरेको बेला पहिरो खसेर गोरु बेपत्ता भएका हुन्।
Read More
कैलाली सहित पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

कैलाली सहित पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

धनगढी । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । कैलाली सहित ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन्…
Read More
बैतडी समाजको १३ औँ रक्तदान महोत्सव

बैतडी समाजको १३ औँ रक्तदान महोत्सव

धनगढी ।   कैलालीमा १३ औं वृहत  रक्तदान महोत्सव सम्पन्न भएको छ । “रक्तदान जीवन् दान“ को मुल मर्मलाई आत्मसात गर्दै कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा उत्तरबेहडीस्तिथ पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा बैतडी समाज कैलालीले १३औँ रक्तदान महोत्सव सम्पन्न भएको हो  । सो रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन् । जस मध्ये  ३० जनाले पहिलो पटक गरेको  बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए । बैतडी समाज कैलाली हरेक बर्ष रक्तदान महोत्सवको आयोजना गरी रगत अभावलाई केही हद सम्म भए पनि सहयोग गरी रहेको समाजका अध्यक्ष भट्टले बताए । यसपटकको उक्त…
Read More
रोजगारीका लागि मलेसिया हानिएका बैतडीका बिष्ट कलिलो उमेरमै उतै अस्ताए

रोजगारीका लागि मलेसिया हानिएका बैतडीका बिष्ट कलिलो उमेरमै उतै अस्ताए

धनगढी : बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानीका मान बहादुर बिष्ट मलेसियामा अस्ताएका छन् । हिजो शुक्रबार काम सकेर साझँ कोठामा फर्केका मान बहादुरको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए । मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसार उपचारको क्रममा राती १० बजे मान बहादुरको मृत्यु भएको हो । मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मान बहादुरको शव पोस्टमार्टमका लागी अस्पतालमै राखिएको छ । आज आधा दिन कार्यालय खुला हुने भएका कारण पोस्टमार्टम हुन सकेको छैन । मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसा आइतबार पनि विदा भएका कारण सोमबार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव…
Read More
मा.वि. शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

मा.वि. शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले यही साउन २६ गते माध्यमिक तह , अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्स को प्रतियोगात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । सो का लागि न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरुले साउन २६ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सक्नेछन् । उमेदवारहरुले आयोगले तोकेको अनलाइन फाराममा आवश्यक विवरणहरु नागरिकताको प्रमाणपत्र , हालसालै खिचेको फोटो , दस्तखतको नमूना , न्यूनतम योग्यताको लब्धांक पत्र तथा तालिमको प्रमाणपत्र भरि अपलोड गर्नुपर्ने छ । सोका लागि सिंगल दस्तुरको मिति भाद्र २३ तथा दोब्बर दस्तुरको मिति भाद्र ३० गते रातको १२ः०० बजेसम्म तोकिएको छ । आयोगले अनलाइन दरखास्त प्रणाली समेत विज्ञापनमा समावेश गरेको छ ।…
Read More
सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी

सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी

काठमाडौँ — संघ र सातै प्रदेश सरकारबाट बाहिरिएपछि माओवादी केन्द्र पार्टी पुनर्निर्माणमा तातेको छ । माओवादीले यही साता केन्द्रीय पदाधिकारी, स्थायी समिति बैठक र कोशी प्रदेशस्तरीय भेला एवं प्रशिक्षण गरेको छ । स्थायी समिति बैठकपछि पूर्ण केन्द्रीय समितिको बैठक गर्ने तयारी छ । शुक्रबार सुरु भएको स्थायी समिति बैठकले पार्टीले चलाउने देशव्यापी अभियानको प्रस्ताव तयार गर्नेछ । प्रवक्ता अग्नि सापकोटाका अनुसार उक्त प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेपछि देशव्यापी रूपमा पार्टी संगठन सक्रिय हुनेछ । स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहालले पार्टी निर्माणका लागि जनतामा जाने अभियान चलाउनुपर्ने प्रस्ताव राखेका थिए । आफ्नो नेतृत्वको सरकारले सुरु गरेको सुशासन, सामाजिक न्यायका मुद्दा लिएर जनतासमक्ष जाने कार्यक्रम…
Read More
ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

एमिली एटकिंसन — ब्राजिलको साओ पाउलोमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमान रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनामा कुनै यात्रुलाई जीवित उईार गर्न सकिएन । आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको र स्थानीय पनि कोही घाइते नभएको रिपोर्ट आइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ । ब्राजिलका राष्ट्रपति लुला…
Read More
बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण

बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको शपथ गराउनुभयो । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक…
Read More
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ,  देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ ।   मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र…
Read More