10
Aug
शिक्षक सेवा आयोगले यही साउन २६ गते माध्यमिक तह , अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्स को प्रतियोगात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । सो का लागि न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरुले साउन २६ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सक्नेछन् । उमेदवारहरुले आयोगले तोकेको अनलाइन फाराममा आवश्यक विवरणहरु नागरिकताको प्रमाणपत्र , हालसालै खिचेको फोटो , दस्तखतको नमूना , न्यूनतम योग्यताको लब्धांक पत्र तथा तालिमको प्रमाणपत्र भरि अपलोड गर्नुपर्ने छ । सोका लागि सिंगल दस्तुरको मिति भाद्र २३ तथा दोब्बर दस्तुरको मिति भाद्र ३० गते रातको १२ः०० बजेसम्म तोकिएको छ । आयोगले अनलाइन दरखास्त प्रणाली समेत विज्ञापनमा समावेश गरेको छ ।…