Skip to main content

धनगढी न्यूज

धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

Advertisement

धनगढी : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना गर्ने भएको छ। एक्सपर्ट एजुकेशन धनगढीले पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म धनगढीमा कार्यक्रमको आयोजना हुने बताएको हो।

धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आयोजना हुने सो एक्सो कार्यक्रममा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक निलम चौधरीले बताइन्। उनले सो कार्यक्रममा अभिभावकहरु पनि आउन सक्ने बताइन्।

कार्यक्रममा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । कार्यक्रममा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परामर्श र मार्गदर्शन गरिने चौधरीको भनाइ छ।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस धनगढी शाखाले विभिन्न समयमा विद्यार्थीहरुलाई शैक्षिक सम्मेलन मार्फत जानकारी दिँदै आएको छ । अष्ट्रेलिया क्यानडा, वेलायत, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका लागि जाने विद्याथीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले धनगढीबाट सुविधा दिदै आएको छ।

विशेष गरी अष्ट्रेलिया, युके, क्यानाडा र युकेएसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको प्रबन्ध निर्देशक चौधरीले बताइन्।

एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयसम्म पु¥याउने काम गर्दै आएको छ। सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टले अष्ट्रेलिया र नेपालमा गरी २२ देशहरुमा शाखा कार्यालय विस्तार गरी विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायत अन्य सेवा र सुविधा पनि प्रदान गर्दै आएको जनाइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...