Skip to main content

धनगढी न्यूज

Day: August 15, 2024

गोदावरीमा सर्पले टोक्दा एक जना घाइते

गोदावरीमा सर्पले टोक्दा एक जना घाइते

धनगढीः कैलालीमा सर्पले टोकेर एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ बसन्ताका ४० वर्षीय सुरेश मगर सर्पले टोक्दा घाइते भएका छन्। सुरेशको दाहिने खुट्टाको बुढी औँलामा सर्पले टोकेको हो। घाइते सुरेशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
जीबी राई समात्न नेपाल प्रहरी मलेसिया जाने

जीबी राई समात्न नेपाल प्रहरी मलेसिया जाने

काठमाडौं : सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ । यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो । दुई प्रहरी अधिकृत मलेसिया पठाउन भन्दै गृहलाई पत्राचार गरिएको विषय प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले पनि पुष्टि गरे । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो…
Read More
धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढी : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना गर्ने भएको छ। एक्सपर्ट एजुकेशन धनगढीले पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म धनगढीमा कार्यक्रमको आयोजना हुने बताएको हो। धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आयोजना हुने सो एक्सो कार्यक्रममा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक निलम चौधरीले बताइन्। उनले सो कार्यक्रममा अभिभावकहरु पनि आउन सक्ने बताइन्। कार्यक्रममा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । कार्यक्रममा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परामर्श र मार्गदर्शन गरिने चौधरीको भनाइ…
Read More
कैलालीमा एक बर्षमा औलोका विरामी १४० र डेङ्गुका १ हजार ८३

कैलालीमा एक बर्षमा औलोका विरामी १४० र डेङ्गुका १ हजार ८३

अत्तरिया : कैलालीमा औलो रोगका बिरामीको संख्या १ सय ४० पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा कैलालीमा सो संख्याका औलो रोगका बिरामी पुगेका हुन । अन्य स्थानीय तहभन्दा गौरीगंगा नगरपालिकामा सबैभन्दा बढी ३८ जना औलो रोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले जानकारी दिइन । गोदावरी नगरपालिकामा २४, लम्कीचुहा नगरपालिकामा ८, टिकापुर नगरपालिकामा २३, घोडाघोडी नगरपालिकामा १० र धनगढी उपमहानगरपालिकामा २२ जना औलोका बिरामी फेला परेको उनले बताइन । त्यस्तै, भजनी नगरपालिकामा ३, मोहन्याल गाउँपालिकामा ३, चुरे गाउँपालिकामा १, बर्दगोरिया गाउँपालिकामा ४, जानकी गाउँपालिकामा २ र जोशीपुर गाउँपालिकामा १…
Read More
सिस्नोको पाउडर र गुन्द्रुकले पाएन बजार, उद्यमी निराश

सिस्नोको पाउडर र गुन्द्रुकले पाएन बजार, उद्यमी निराश

ढोरपाटन– बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् । गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरू अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् ।  सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले १० लाख, प्रधानमन्त्री आधुनिकीकारण परियोजनाले छ लाख, कृषि ज्ञान केन्द्रले दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले…
Read More
काठमाडौं उपत्यकाका सडक भासिने समस्या बढ्दै

काठमाडौं उपत्यकाका सडक भासिने समस्या बढ्दै

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलतर्फ जाने भित्री सडकमा बुधबार बिहान भ्वाङ पर्‍यो । झन्डै ३ मिटर क्षेत्र भासिएपछि सडक नै अवरुद्ध भयो । सडकमा भ्वाङ पर्नुको कारण खुलिसकेको छैन । एक साताअघि (साउन २४) काठमाडौंको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचबाटोमै भ्वाङ परेको थियो । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । टुकुचाको कल्भर्ट जीर्ण भई सडक भासिएको सडक डिभिजन काठमाडौंले जनाएको छ । त्यहाँ ५ मिटर गहिराइ र ४ मिटर चौडाइको भ्वाङ परेको थियो । गत असार १९ मा सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गर्दा नयाँबजारमा बनेको खाडलमा एक मोटरसाइकल नै खस्यो । मोटरसाइकल चालक जसोतसो निस्किए । करिब ३ घण्टा लगाएर काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको…
Read More
विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

धनगढी,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताउनुभएको छ । प्रदेश सभामा आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ । मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको जनाउँदै बजेटको समस्या पनि चाँडै निकास दिने प्रयासमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो । “विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री…
Read More
तिज गीतमा विकृतिको डङ्गुर

तिज गीतमा विकृतिको डङ्गुर

काठमाडौँ, साउन ३१ गते । नेपाली गीति परम्परामा तिज गीतको बेग्लै महत्व छ । तिजका बेला माइतीमा भेला भएका महिलाले चोक, चौतारी, देउराली हुँदै घरआँगनमा नाचगान गर्दै तिज गीत गाउने परम्परा हाम्रो हो तथापि तिज गायनमा व्यावसायिक सङ्गीतको प्रवेश भएपछि तिज गीतमा समेत परिवर्तन देखा पर्न थाल्यो । रेडियो, क्यासेट प्लेयर, टेलिभिजन हुँदै अहिले युट्युब च्यानलबाट दर्शक/श्रोतासम्म तिज गीत पुग्न थालेको छ । विश्वव्यापी युट्युब सञ्जालमा तिज आउनु एक महिनाअघि नै अनेक रङ्गढङ्गका गीत ‘अपलोड’ गरिएका छन् । तिनै गीत अहिले चोक, चौतारी र घरआँगनमा घन्किन थालिसकेका छन् । युट्युबमाथि दर्शक/श्रोताको सिधा पहुँच छ । दर्शकले रोजेको जुनसुकै गीत हेर्न सक्छन्…
Read More
भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ । यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ रहेको छ । बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा यस उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने उल्लेख गरेको छ । समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब छ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।   कार्यक्रममा विभिन्न राज्य-केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ । रासस, एएनआई
Read More
जितुको ‘ज्वाइँसाब’ र दीपक–दीपाको ‘छक्का पञ्जा-५’ भिड्ने पक्का

जितुको ‘ज्वाइँसाब’ र दीपक–दीपाको ‘छक्का पञ्जा-५’ भिड्ने पक्का

काठमाडौं– यसपालीको दसैंको फूलपातीमा दुई नेपाली फिल्म हलमा लाग्ने भएका छन् । बक्स अफिसमा सर्वाधिक हिट सिरिज छक्का पञ्जाको पाचौँ सिक्वेल ‘छक्का पञ्जा–५’ तथा जितु नेपाल र नीति शाह शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँसाब’ असोज २४ गते प्रदर्शनमा आउन लागेका हुन् ।  छायाकंनमा निस्किँदा जेठमै छक्का पञ्जा टिमले प्रदर्शन मिति फूलपातीलाई तोकेको थियो । प्रचार सामाग्रीका रुपमा यस फिल्मको गीत सोमबार सार्वजनिक भएको छ । यता जितु नेपालको फिल्म ‘ज्वाइँसाब’ले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फूलापातीलाई नै प्रदर्शन मिति तोकेको छ । यससँगै यी दुई फिल्मले हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।  महानायक विवादमा मुछिएपछि जितुले ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई निकालेका थिए । त्यसपछि जितु छक्का पञ्जा टिमबाट बाहिरिए । यही कारण जितु र छक्का…
Read More