Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

Advertisement

बैतडी:  आज भदौ १ गते, ओल्के संक्रान्ति । बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ ।

यसका साथै विहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।

वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेकोछ । धेरै जसो ठाउंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मीक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रही आएको छ । भने सिंह संक्रान्ती पनि भन्ने गरिएको छ ।

ओल्को भन्नाले सम्मानित ब्यक्तिलाइ दिइने केहि बस्तु वा उपहारलाइ जनाउछ पण्डित पन्तले भने,‘ठुलालाइ सम्मान र सानालाइ माया गर्नु हाम्रा पर्बहरुका त मुख्य बिशेषता हो, ओल्कोलाइ शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै नभईसंस्कृति, परम्परा र आस्थाको रुपमा पनि चिनिन्छ ।’

यो पर्ब बिशेषमा ओल्कोकोरुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहा पठाइन्छ भने आजभोली अचेल लुगा कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने गरिन्छ पण्डित पन्तले भने,‘गुठियारहरुले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालिको ओल्को चढाउने गरिन्छ।’

ओल्को परापुर्वकालमा केहि बर्ष अघि सम्म ठुलाबडालाइ साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत रहि आएको छ ।
ओल्के संक्रान्तिताका सतरति ( सातरातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा बन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभाबना र ऋतुमति धर्तिले नबीन श्रृजना गर्ने थाल्ने विश्वास रहि आएको छ ।
प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलो धुवा र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नया मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ ।
यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाईन्छ ।

बुढी हाल्ने
ओल्के संक्रान्तिका दिन गाउ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ । यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर(घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएकोछ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो ’बूढी पोल्ने’ पर्व मनाइने गरिएको पण्डित पन्तले भने,‘घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ, घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ।’
यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग(व्याधीबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ ।


भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षेशनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदाभएको तथा मरेको लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ ।

तर पछिल्ला समय आधुनिकताका साथै युवापुस्ताले खासै ध्यान नदिदा यो पर्व लोप हुदै गईरहेको छ ।
यो पर्वलाई प्रतिष्ठाको पर्व भएकाले मनाउन अपरिहार्य रहेको जानकारहरुले बताउने गरेका छन ।

बत्ती बाल्ने महिनाको समापन
सुदूरपश्चिममा साउन १ गतेवाट सुरु भएको बत्ती बाल्ने महिनाको समापन भएको छ ।

धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।

साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए । उनले भने,‘साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन् ।’

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

साउन महिनालाई पवित्र महिना रुपमा पनि मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्छन् ।

साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन् । साउनमा महिलाहरु हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन् ।साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...