Skip to main content

धनगढी न्यूज

ओल्केमा धुमारीको भाका घुमाउँदै

Advertisement

डडेलधुरा, भदौ ३ गते । ८४ वर्षीय दानसिंह बोहोरा चैत खेलमा गीतका टुक्का हाल्न खुबै रौसिनुहुन्छ । त्रेतायुगका राजा दशरथका छोरा भगवान् रामको कथालाई गीतका माध्यमबाट डोट्याली भाषामा बनाइएको चैत गीतको टुक्का दानसिंहले यसरी गाउनुभयो–

हिरालाल जटम्बर घागो, नन्नरी पैरायो सपुरस्याबागो

दशरथ राजाको रामचन्द्र वेटा, तीनले समन्द्र सारासेतू लाईछ

लाई हाल्यो सारासेतु, लाईहाल्यो पार

हनुमन्त चलिगया लंकापार

यो टुक्कामा हिन्दी भाषाको समेत प्रयोग भएको छ । परापूर्वकालदेखि सुदूरपश्चिम क्षेत्रमा चैत, धुमारी गीतको भाकामा बुढापाकाले गोलो घेरा बनाई खुट्टा दायाँ, बायाँ सारी हल्का बसे जस्तो गरी पैतला पछाडि सार्दै खेलिँदै आएको छ तर पछिल्ला वर्षमा यो लोकसंस्कृति त्यति देख्न पाइन्न ।

भदौ १ गते मनाइने ओल्के पर्वका दिन जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–७, तिलाडीको ऐरीगाउँमा रहेको सानो मैदानमा चैत, धुमारी खेलेर बुढेली मनाइन्छ । पहिले पहिले राति अबेरसम्म हुने बुढेली अहिले अँध्यारो नहँुदै सकिन्छ । गाउँघरमा बुढापाका कम हुँदै जानु र युवा पुस्तामा यो परम्परागत संस्कृति हस्तान्तरण नहँुदा लोप हुने स्थितिमा छ तर स्थानीय सरकार यस्ता संस्कृति संरक्षणमा चासो राख्दैन । कला, संस्कृति, परम्परा, रीतिरिवाज, सिपको संरक्षण संवर्धन हुन नसक्दा लोप हुँदै गइरहेका छन् ।

सल्लागाउँमा बिसु अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन चैत धुमारी खेलसहित बुढेली मनाउने प्रचलन रहेको छ । ज्येष्ठ नागरिक बोहोराका अनुसार भदौ १ गतेका दिन ऐरीगाउँमा रहेको भगवान् महादेवको खलामा बुढेली मनाउने हाम्रो पुरानो परम्परा हो । बुवा, बाजेबाट सिकेर चैत, धुमारीमा गीत गाउँदै, खेल खैल्दै बुढेली मनाउँदै आएको हो । बिसुपछि खेतबारीको काम मकै, कोदो, भट्मास छर्ने, रोपाइँ गर्ने मौसम सुरु हुने र गोडमेलको काम सकिएपछि बुढापाका एकै ठाउँमा भेला भई गीत गाउँदै चैत, धुमारी खेल खेल्ने भएकाले यसलाई बुढेली भनिएको बोहोराले बताउनुभयो ।

पूर्वजनप्रतिनिधि खडग बोहोराका अनुसार भैँसीगोठतिर गएका गोठाला पनि बुढेली हुने ठाउँमा आएर चैत, धुमारी खेल्ने परम्परा थियो । तिलाडी गाउँका पार्की, कैनी थरीले निगालोको एउटा लट्ठीको दुईतिर निगालोका सिन्का, गाभा, पिँडालुका पात बाँधेर नेजा, ध्वजा, बाजागाजासहित बोकेर ऐरीगाउँको मुख्य व्यक्तिको सल्लाहमा भगवान् महादेवको थानमा राख्ने गरेका छन् । मुख्य व्यक्तिले प्रसादका रूपमा टीका फूल दिएपछि चैत, धुमारी गाउन र खेल्न सुरु गरिन्छ ।

अमरगढी नगरपालिकाका प्रमुख दिल्लीराज जोशीले चैत धुमारीको संरक्षण गर्नु पर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...