Skip to main content

धनगढी न्यूज

कैलालीमा पानीको वहाव बढेपछि हुलाकी सडक खण्ड भत्कियो

Advertisement

धनगढीः कैलालीमा वर्षाका कारण पानीको वहाव बढ्दै गएपछि हुलाकी सडक खण्ड भत्किएको छ।

जिल्लाको कैलारी गाँउपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडकखण्डमा पानीको वहाव बढेपछि सडकको केही केही भाग भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पानीको तहत सडकमाथि पुगेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो। अहिले ७ वटा सवारी साधन समेत जाममा परेका छन्।

सो स्थानमा बिआपि खोनपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गान्धीपराज स्याङताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ।


बस्ती नै डुबानमा
अबिरल वर्षाका कारण कटैनि नदीको वहाव बढेपछि कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर वस्तीमा २४ घरधुरी डुबानमा परेका छन्। सो बस्तीका १२६ मध्ये १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा बस्न बाध्य भएका छन्। साथै ५ घरधुरीका १० जनालाई स्थानान्त्रण गरेर ५ नम्बर वडा कार्यालयमा राखिएको छ। अहिले पानीको वहाव घट्दै गएको प्रहरीले जनाएको छ। १० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्ने ४० वर्षीया आसिदेवी चौधरी, ५० वर्षीया समली चौधरी, ५५ वर्षीया सितलदेवी चौधरी, ६८ वर्षी सान्ताराम चौधरी र ७० वर्षीय टीकाराम चौधरीलाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै ५१ वर्षीय रामजशनी चौधरी, ९ वर्षीय रुनम चौधरी, १० वर्षीय साहिल चौधरी, ७० वर्षीया सुरनी चौधरी र ७१ वर्षीय कोल्ला चौधरीलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।


एक सय बढी घर डुबानमा
वर्षाका कारण कैलालीमा एक सय बढी घर डुबानमा परेका छन्।  बुधबार जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका छन्। जिल्लाको कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन्।

पालिकाका विपद फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नम्बर ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन्। त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नम्बर ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रका पनि दर्जनौँ घर डुबानमा परेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...