Skip to main content

धनगढी न्यूज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढ्यो

Advertisement

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको संख्या तेब्बरले बढेको बताए।

निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको संख्यामा वृद्धि भएको उनले बताए। निकुञ्जमा झन्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिंगे गैँडाको वृद्धि भएको हो। सन २००८ मा दुई पोथी, एक भाले र दुईको पहिचान नभएका गरी पाँच मात्रै रहेको गैँडाको संख्या २०२४ मा आइपुग्दा बढेर ६ थाले, १० पोथी र सात पहिचान नभएको गरेर २३ पुगेको छ।

निकुञ्जको तथ्यांकअनुसार २००८ मा पाँच, २०१३ मा दुई भाले, दुई पोथी र तीन लिंग पहिचान नभएको गरेर सात, २०१५ मा एक भाले, तीन पोथी, चार पहिचान नभएको गरेर आठ, २०१८ मा चार भाले, ९ पोथी र चार पहिचान नभएको गरेर १७, २०२१ मा तीन भाले, चार पोथी, पाँच पहिचान नभएको गरेर १७, २०२२ मा चार भाले, सात पोथी र ९ पहिचान नभएको गरेर २० र २०२४ मा ६ भाले, १० पोथी, सात पहिचान नभएको गरेर २३ पुगेको हो।

अन्तिम वर्ष २०८० को फागुन ५ देखि २२ सम्म पहिचानमा आधारित एकसिंगे गैँडाको गणना गरिएको थियो। गैँडाको वासस्थान क्षेत्रमा ब्लकमा प्रत्येक एक÷एक सय मिटरको दूरीमा भौगोलिक सूचना प्रणाली जिपिएस, रिसिभर, युनिट, दूरबिन, वाकीटाकी, एन्रोइड, मोबाइल फोन, क्यामेरालगायतका उपकरणसहित प्राविधिक हात्तीमा बसेर स्विप गर्दै प्रत्यक्ष गणना विधिबाट गैँडा गणना गरिएको थियो।

शुक्लाफाँटा निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेनाले पाएको छ। २०२६ सालमा सिकार आरक्षको रूपमा स्थापना गरिएको शुक्लाफाँटा २०३२ मा वन्यजन्तु आरक्ष र २०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो। शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...