Skip to main content

धनगढी न्यूज

ज्यानको बाजी लगाएर हिँडेकाहरु

Advertisement

१४ असोज, काभ्रे । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण सयौं यात्रु बीपी राजमार्गमा अलपत्र परे । शनिबारसम्म कुर्दा पनि गाडी अगाडि बढेन, बरु पहिरो र रोशी खोलामा आएको बाढीले न अगाडि बढ्न सक्ने अवस्था रह्यो, न फर्किन सके ।

रोशी खोलामा आएको बाढीले पनौतीदेखि कुशेश्वर दुम्जासम्म ठूलो क्षति भएको छ । नदी किनार आसपासमा बसेका बस्तीहरु बगाएको छ । बीपी राजमार्गमा ठूलो क्षति भएको छ ।

काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्म घुम्तिबिच्छे पहिरो खसेको छ, रुख लडेको छ । सोमबार डोजरको सहयोगले सडकमाथि थुप्रिएको माटो ढुंगो पन्छाएर भकुन्डेबेसीसम्म एकतर्फी रुपमा सडक खुलाइएको छ । तर थुप्रै ठाउँमा सडकमा चिरा परेको छ भने पहिरो गएको ठाउँमा कुनै पनि बेला सडक भासिन सक्ने जोखिम छ ।

तर भकुन्डेबसीबाट तल जान सम्भव छैन । नेपालथोकसम्मै ठाउँ ठाउँमा पहिरो र बाढीले सडक नै बगाएकाले तत्काल यातायात सञ्चालनको सम्भावना छैन । त्यसैले अलपत्र परेका यात्रुहरु बालबच्चा च्यापेर खोला, भीर पहरा छिचोलेर हिँडेका छन् । २० घण्टाभन्दा बढी हिँडेर बेला आइपुगेका छन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...