Skip to main content

धनगढी न्यूज

नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि

Advertisement


जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।

आज हामी नवरात्रिको तेस्रो दिन अर्थात् आश्विन शुक्ल तृतीयाको पूजाविधि सम्बन्धमा चर्चा गर्नेछौँ ।

सर्वप्रथम कुरा गरौँ, तिथि र मितिबारे । २०८१ आश्विन महिनाको १९ गते तृतीया तिथि परेको छ । यस दिन सदाजस्तै बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नुपर्छ । स्नानपश्चात् शुद्ध र पवित्र वस्तुहरू धारण गरेर पूजाकोठामा प्रवेश गर्नुहोस् । शुद्ध पवित्र आसनमा बस्नुहोस् । आफ्ना अगाडि एक भाग सामान्य पूजासामग्री, पञ्चपात्र, आचमनी, कर्मपात्र, पञ्चामृत, फूलहरू, मालाहरू, चढाउने नैवेद्य लगायत सबै सामग्री तयार पारेर राख्नुहोस् । पूजा गर्दा निम्न मन्त्र भनेर तीनपटक आचमन गर्नुहोस् ।

‘ॐ माधवाय नमः स्वाहा ।
ॐ केशवाय नमः स्वाहा ।
ॐ नारायणाय नमः स्वाहा ।
ॐ गोविन्दाय नमः स्वाहा ।’

त्यसपछि एकपटक हात धुनुपर्छ । अब कर्मपात्रको पूजा गर्नुपर्छ । हातमा जौ, तिल, कुश, जल लिएर सबैतिर सेचन गर्नुहोस् ।

‘ॐ कर्मपात्राय नमः ।’ भनेर कर्मपात्रको पूजा गर्नुहोस् ।
कर्मपात्रको जल सबैतिर सेचन गर्नुहोस् । त्यसपछि कुशको टुक्रालाई भुईंमा राख्नुस् ।
अब पालो आउँछ, अर्घको पूजा गर्ने ।

कुशको अग्रभाग, दही, सस्र्यू, दुबो, सिंगो फल लगायत राखेर अर्घको निर्माण गर्नुपर्छ ।
ॐ अर्घाय नमः ।
ॐ अर्घपात्राय नमः ।’
भन्दै अर्घको पूजा गर्नुहोस् । त्यो अर्घको जललाई सूर्य भगवान्लाई अर्पण गर्नुपर्छ ।

‘ॐ सूर्य नारायणाय नमः ।’ भनेर सूर्य भगवानको दर्शन गर्नुहोस् । त्यो अर्घको जल सूर्य भगवानलाई अर्पण गर्नुहोस् ।
अब पालो आउँछ, दियोको पूजा गर्ने ।
सबैभन्दा पहिला ‘ॐ दीप नारायणाय नमः’ भन्दै पूजा गर्नुहोस् ।

त्यसपछि—
आशनं समर्पयामि दीप नारायणाय नमः ।
पाद्यं समर्पयामि दीप नारायणाय नमः ।
अघ्र्यं समर्पयामि दीप नारायणाय नमः ।
आचमन्यं समर्पयामि दीप नारायणाय नमः ।
पञ्चामृतम् समर्पयामि दीप नारायणाय नमः ।
शुद्धोदक स्नानं समर्पयामि दीप नारायणाय नमः ।
भनेर सबै कुरा अर्पण गर्नुहोस्— चन्दन, फूल अक्षता, जौ–तिल, लाभा ।
त्यसपछि जौ–तिल र फूल लिएर दियोको प्रार्थना गर्नुहोस् ।
दियोको प्रार्थना गर्ने मन्त्र यस प्रकार रहेको छ—
ॐ शुभम् भवतु कल्याणम् आरोग्यम् धन संपदा ।
ममः पाप बिनासाय दीपज्योर्तिनमोऽस्तुते ।।
भन्दै दीप नारायणको प्रार्थना गर्नुहोस् ।’

अब स्थापना गरेर राखेको ईशान कलशलाई फूल अक्षता चढाएर पूजा गर्नुहोस् ।
त्यसपछि—
आशनं समर्पयामि वरुण कलश नमः ।
पाद्यं समर्पयामि वरुण कलश गरुडाय नमः ।
अघ्र्यं समर्पयामि वरुण कलश गरुडाय नमः ।
आचमन्यं समर्पयामि वरुण कलश गरुडाय नमः ।
पञ्चामृतम् समर्पयामि वरुण कलश गरुडाय नमः ।
शुद्धोदक स्नानं समर्पयामि वरुण कलश नमः ।
भनेर आफूसँग भएका सम्पूर्ण सामग्रीले वरुण कलशको पूजा गरेर अन्तिममा प्रार्थना गर्नुहोस्—

‘हे वरुण देवता ! मैले जानी–नजानी हजुरको पूजाअर्चना गरेँ, केही भुलचुक भएको रहेछ भने मलाई माफ गरिदिनुहोस् ।’
यसपछि कलशलाई फूल–अक्षता चढाउनुहोस् ।
अब पालो आउँछ, गणेश भगवान्को पूजाअर्चना गर्ने ।
नुहाइधुवाइ गरेर सफा गरेको गणेश भगवानको मूतिलाई—
आशनं समर्पयामि गम गणपताय नमः ।
पाद्यं समर्पयामि गम गणपताय नमः ।
अर्घं समर्पयामि गम गणपताय नमः ।
आचमन्यं समर्पयामि गम गणपताय नमः ।
पञ्चामृतं समर्पयामि गम गणपताय नमः ।
शुद्धोतक स्नानं समर्पयामि गम गणपताय नमः ।

इदं चन्दनो लेपनम, अबीरकम् इत्यिाक्षता जवानतीलम् पुष्पाणी समर्पयामि
भन्दै चन्दन, फूल, अक्षता, जौ तिल, सिन्दुर, लाभा सबै कुरा अर्पण गर्नुहोस् । गणेश भगवानको पूजा अर्चना गर्दा नभइनहुने कुरा भनेको दुबो हो । दुबोविना गणेश भगवानको पूजा कहिले पनि पूर्ण हुँदैन । सकिन्छ भने २१ मुन्टा दुबो चढाउनुहोस् ।

समीका पातहरूको ठुलो महिना गणेश पुराणमा वर्णन गरिएका छन् । गणेश भगवानलाई समीको पात चढायौँ भने एक किलो सुन चढाए बराबरको पुण्य प्राप्ति हुन्छ भनेर गणेश पुराणमा उल्लेख गरिएको छ ।

समीका पातहरू अर्पण गर्नुहोस् । पान, मसला, मेवा, मिठाईहरू र तिलका लड्डुहरू चढाउनुहोस् गणेश भगवानलाई २१ वटा तिलको लड्डु चढाउनुपर्छ । अन्तिममा गएर जौ–तिल, अक्षता लिएर प्रार्थना गर्नुहोस् ।

ॐ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।
भनेर गणेश भगवानको प्रार्थना गर्नुपर्छ ।

अब जहाँ नवदुर्गा भगवतीको स्थापना गरेका छौँ, त्यहाँ नवदुर्गा भगवतीको मूर्तिलाई सफासँग स्थापना गर्नुपर्छ । अघिल्लो दिन चढाएका, ओइलिएका फूलहरू झिकेर चोखो ठाउँमा लगेर सेलाइदिनुहोस् । यति मात्रै हो कि कलशको जललाई मात्रै सेलाउन मिल्दैन । थालीहरूलाई फेर्न मिल्दैन । पहिलो दिन जुन थाली, जुन कलश, जुन दियो राखेका छौँ, त्यही थाली, कलश र दियोलाई नौ दिनसम्म राखेर विधिवत् पूजा अर्चना गर्नुपर्छ ।

सबैभन्दा पहिला तेस्रो दिनमा चन्द्रघन्टा भगवती देवीको पूजा अर्चना गर्छौं । चन्द्रघन्टा देवीको प्रार्थना गर्नुपर्छ— हे आमा मैले जानी नजानीकन हजुरको पूजा अर्चना गर्दैै छु । कुनै भुलचुक भयो भने मलाई माफ गरिदिनुहोला भनेर ध्यान गर्ने, आशनं अर्थात् कुशको टुक्रा अर्पण गर्ने, पाद्यं अर्थात् पाउ धुनले जल अर्पण गर्ने ।

‘अर्घं समर्पयामि ॐ ब्रह्मचारिणी भगवती दुर्गा देव्यै नमः ।’ भनेर अर्घको जल, आचमन्यं शुद्धोतक स्नानं समर्पयामि भनेर सबै कुरा अर्पण गर्नुहोस् ।

विधिवत् रूपमा पञ्चोपचारबाट पूजा गर्ने । अब चन्द्रघन्टा मातालाई रातो वस्त्र अर्पण गर्ने, चन्दन अर्पण गर्ने, सिन्दुर अर्पण गर्ने, जौंतिल अर्पण गर्नुहोस् । त्यसपछि फूलको मालाहरूले देवीलाई सिंगारिदिनुहोस् । अंग पूजा गर्ने ।

तेस्रो दिनमा पूजा गर्दा चाहिने अत्यावश्यक सामग्रीमा दर्पण अर्थात् ऐना चढाउनुपर्छ, सिन्दुर चढाउनुपर्छ, कज्जलम् अर्थात् गाजल नभई हुन्न । यस प्रकार सौभाग्यमा यी कुरा थपेर अर्पण गर्नुपर्छ । धुपबत्ती गरिदिने । नैवेद्यहरू, जे जे पकवानहरू छन् सबै चढाइदिने ।

यसपछि एक आचमनी जल अर्पण गर्नुपर्छ । दक्षिणा द्रव्य, भेटीहरू अर्पण गर्नुपर्छ । अब चमर पंखा लिएर— हे माता, मैले जस्तो जाने त्यस्तै गरी हजुरको सेवा गरेँ, कुनै भुलचुक भएछ भने मलाई माफ गरिदिनुस् भन्दै माफी माग्ने ।

आरती र पुष्पाञ्जली गरेपछि अन्तिममा जौ–तिल, फूल लिएर प्रार्थना गर्नुहोस्— हे चन्द्रघन्टा माता, मैले आज हजुरको जानी–नजानीकन पूजा अर्चना गरेको छु । केही भुलचुक भएछ भने मलाई क्षमा गरिदिनुहोला भन्दै माफी माग्नुहोस् । अन्तिममा गएर माताको शरण पर्नुहोस् । यति गर्नुभयो भने तेस्रो दिनको बिहानको पूजा सम्पन्न हुन्छ ।

अब तेस्रो दिनको साँझको समयमा आरती पुष्पाञ्जली गर्नुपर्छ । आउँछ भने विभिन्न स्तोत्रहरू आफैँ पाठ गर्नुहोस् । आउँदैन भने पनि श्रवण मात्रै पनि गर्न सकिन्छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...