Skip to main content

धनगढी न्यूज

नेपाल प्रिमियर लिगमा ६४ खेलाडी बिके, को कता ?

Advertisement

काठमाडौं : नेपाल प्रिमियर लिगको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाखमा बिक्री भएका छन्।

गुलशन कुमार झा ललित राजवंशी, अनिल कुमार शाह, भीम सार्की, आरिशफ शेख, विवेक कुमार यादव, शाहब आलमलगायत खलाडी सर्वाधिक १५ लाख मुल्यमा बिक्री भएका हुन्।

अक्सनको पहिलो चरणमा विनोद भण्डारी, पुथु वास्कोटा, शरद भेषावकरजस्ता उत्कृष्ट खेलाडी पनि अनसोल्ड भएका थिए।

एक सय ६२ खेलाडी समावेश गरिएको अक्सनमाको पहिलो चरणमा ६४ खेलाडी बिकेका थिए। ए र बी श्रेणीमा नविकेका खेलाडीलाई श्रेणी घटाएर दोस्रो चरणमा विसलिस्टसहित अक्सन भएको थियो।

पहिलो चरणमा ए श्रेणीका १० खेलाडी अनसोल्ड भएका थिए। सर्वाधिक १५ लाखमा विकेका गुल्सन कुमार झालाई लुम्बिनी बाहेक ७ टिमले बिडिङ गरेका थिए। यसैगरी विकेट किपर, ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ।

उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। लक्की ड्रमार्फत् जनकपुरले पाएको हो। अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्।

कुन खेलाडी कता ?

कर्णाली याक्स

ग्रेड ‘ए’–नन्दन यादव, देव खनाल र गुल्सन झा
ग्रेड ‘बी’–रित गोतम, मौसम ढकाल, अर्जुन घर्ती र भुवन कार्की
ग्रेड ‘सी’–दीपेन्द्र रावत, दीपक डुम्रे र उनिस विक्रम सिंह थकुरी
मार्की खेलाडी : सोमपाल कामी

चितवन राइनोज

ग्रेड ‘ए’– रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषवाकर
ग्रेड ‘बी’–विपिन रावल, अमरसिंह रौटेला, दीपक बोहरा र दीपेश श्रेष्ठ
ग्रेड ‘सी’ –गौतम केसी, रन्जित कुमार र सन्तोष कार्की
मार्की खेलाडीः कुशल मल्ल

पोखरा एभेन्चर्स

ग्रेड ‘ए’–सागर ढकाल, दीलिप नाथ र आकाश चन्द
ग्रेड ‘बी’–किरणकुमार थगुन्ना, नारायण जोशी, बिपिन खत्री र सुमन गौतम
ग्रेड ‘सी’–दीनेश खरेल, अमृत गुरुङ र तृतराज दास
मार्की खेलाडी : कुशल भुर्तेल

विराटनगर किंग्स

ग्रेड ‘ए’–लोकेश बम, प्रतिश जिसी र बसिर अहमद
ग्रेड ‘बी’–राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल र दीपक बोहरा
ग्रेड ‘सी’–सुवाश भण्डारी, नरेन भट्ट र म्रिनल गुरुङ
मार्की खेलाडीः सन्दीप लामिछाने

जनकपुर बोल्ट्स

ग्रेड ‘ए’–  अनिलकुमार शाह, ललित राजवंशी र किशोर महत्तो
ग्रेड ‘बी’– हेमन्त धामी, शेर मल्ल, रुपेशकुमार सिंह र आकाश त्रिपाठी
ग्रेड ‘सी’– शुभ कंशाकार, अरनिको प्रसाद यादव र तुलबहाुदर थापामगर
मार्की खेलाडीः आसिफ शेख

सुदूरपश्चिम रोयल्स

ग्रेड ‘ए’–आरिफ शेख, अभिनास बोहरा र विनोद भण्डारी
ग्रेड ‘बी’–खडकबहादुर बोहरा, अर्जुन कुमाल, इसान पाण्डे र नरेश बुढाएर
ग्रेड ‘सी’–नरेन साउद, भोजराज भट्ट र अमित श्रेष्ठ
मार्की खेलाडीः दीपेन्द्रसिंह ऐरी

काठमाडौं गुर्खाज

ग्रेड ‘ए’–शाहव आलम, भीम सार्की र रसिद खान
ग्रेड ‘बी’–दीपेश प्रसाद कँडेल, सुमित महर्जन, शंकर राना र कृष्ण कार्की
ग्रेड ‘सी’–विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाल
मार्की खेलाडीः करण केसी

लुम्बिनी लाइन्स

ग्रेड ‘ए’–सूर्य तामाङ, सन्दीप जोरा र विवेक यादव
ग्रेड ‘बी’–अशुन्तोष घिरैया, दुर्गेश गुप्ता, तिलकराज भण्डारी र अर्जुन साउद
ग्रेड ‘सी’दीपेश अधिकारी, अभिशेष गौतम र विकास आग्री
मार्की खेलाडीः रोहित पौडेल

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...